पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानले सरकार बनाउने



हाम्रो इकोनोमि

 

पाकिस्तानको आमनिर्वाचनबाट पूर्व क्रिकेटर इमरान खानको पार्टी तहरिक–ए–एन्साफ (पीटीआइ) ले सरकार बनाउने सम्भावना बढेको छ । पीटीआइले ४७ प्रतिशत भोट गणना हुँदा ११३ सीटमा अग्रता लिएको छ ।

नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग ६४ सीटमा अगाडि छ भने बेरेजिर भुट्टोको पार्टी पीपीपी ४३ सिटमा अगाडि रहेको छ ।

 

स्पष्ट बहुमतका लागि १३७ सिट जित्नुपर्नेछ । २७२ सिटका लागि मतदान भएको हो । पाकिस्तानमा प्रतिनिधिसभा अर्थात संसद्को तल्लो सदन ३४२ सदस्यीय रहेको छ भने त्यसमध्ये २७२ स्थान प्रत्यक्ष निर्वाचित, ६० स्थान महिला आरक्षित र १० स्थान धार्मिक अल्पसंख्यकका लागि छुट्याइएको छ । प्रतिनिधिसभाको लागि तीन हजार ४५९ जना उम्मेदवार रहेका छन्

 

यसैगरी खैबर पाख्तुनख्वा, पञ्जाव, बलुचिस्तान र सिन्ध प्रान्तको प्रान्तीयसभाका लागि ५७७ सिट रहेको र आठ हजार ३९६ उम्मेदवार रहेका छन् ।

यस निर्वाचनका लागि करिब १० करोड ६० लाख मतदाताले आफ्नो नाम निर्वाचन आयोगमा दर्ता गराएकोमा करिब छ करोड पुरुष रहेको जनाइएको छ ।

 

जनसंख्याका हिसाबले दक्षिण एसियाको दोस्रो ठूलो देशका रूपमा रहेको पाकिस्तानको यस पटकको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

यस निर्वाचनको पूर्वसन्ध्यामा यहाँको सत्तारुढ दल नेशनल मुस्लिम लिगका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ ।

 

निर्वाचनको मुखैमा आएर उनलाई दश वर्षको जेल सजाय सुनाइएपछि यहाँको निर्वाचनमा प्रजातान्त्रिक दलहरूको सहभागिता र स्वस्थ एवं निस्पक्ष निर्वाचनका विषयमा आशङ्का पनि उत्पन्न भएको छ ।

मतगणना भने ढिलोगतिमा भइरहेको भन्दै निर्वाचन आयोगले आलोचना खेपिरहेको छ । चुनावमा धाँधलीसमेत भएको भन्दै आक्रोशसमेत पोखिएको छ ।

यो निर्वाचन भने हिंसायुक्त भयो । बुधबार चुनावकै दिनमात्र ३५ जनाको ज्यान गएको थियो । सयौं घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...