कांग्रेसले यसरी भाड्यो वार्ता, प्रधानमन्त्री ओलीको प्रस्ताव डा केसीले गरे ठाडै अस्वीकार



हाम्रो इकोनोमि

मेडिकल शिक्षा सुधार उच्च आयोग गठन र त्यसको नेतृत्व गर्न प्रधानमन्त्रीले गरेको प्रस्ताव आमरण अनशनरत डा गोविन्द केसीले अस्वीकार गरेका छन्। प्रधानमन्त्रीले मंगलबार यस्तो प्रस्ताव गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले दाबी गरेका छन्।

 

‘मेडिकल क्षेत्रमा के कस्तो सुधार गर्नुपर्छ, त्यसका लागि उच्चस्तरीय आयोग बनाउने र त्यसको नेतृत्व गर्न डा केसीलाई आग्रह गरेकामा उहाँले मान्नुभएन,’ बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भट्टराईले भने।

 

प्रमुख प्रतिपक्षी कांग्रेस चार महिनाभन्दा बढी समय सत्ताबाहिर पर्दा छटपटिएको र बाटोमा भेटेको विषय टिप्दै हिँडेको पनि उनको दाबी थियो। डा केसीको माग चिकित्सा क्षेत्रमा सुधार नभएर राजनीति भइरहेको उनले आरोप लगाए।

 

केसीको माग पूरा गर्न माइतीघरमा प्रधानमन्त्रीलाई सत्ता छोड्न चेतावनी दिएर राजनाीतिक गरेको आरोप भट्टराईको थियो। उनले केसीको अनशन ग्रयान्ड डिजाइनअन्तर्गत भएको पनि दाबी गरे।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...