प्रदेश २ का तीन राज्यमन्त्रीले सपथ लिए



हाम्रो इकोनोमि

प्रदेश २ सरकारका थपिएका ३ राज्यमन्त्रीले बुधबार सपथ लिएका छन् । राष्ट्रिय जनता पार्टीका तर्फबाट सिफारिस भएका ३ जना राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ गराएका हुन् ।

बुधबार सुरेश मण्डलले उद्योग, पर्यटन, वन तथा वातावरण, डिप्पलकुमारी झाले भौतिक पूर्वाधार र अभिराम शर्माले सामाजिक विकास राज्य मन्त्रीका रुपमा सपथ लिएका हुन् ।

झाले हिन्दीमा र बाँकी २ जनाले मैथिली भाषामा सपथ लिएका छन् । यो सँगै प्रदेश २ सरकारले पूर्णता पाएको छ । सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ पनि उपस्थित थिए । तीनै जना राज्यमन्त्रीले बुधबार नै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

सपथ समारोहमा नवनियुक्त राज्यमन्त्रीलाई शुभकामना दिनेहरुको भीड लागेको थियो ।

झुठो मुद्दामा फसाउन खोजियो स् राज्यमन्त्री शर्मा

सामाजिक विकास राज्यमन्त्री शर्माले राज्यले आफूलाई निराधार झुठो मुद्दा लगाएर फसाउन खोजेको प्रतिक्रिया दिएका छन् ।

मधेस आन्दोलनमा प्रहरी थमन विकलाई एम्बुलेन्सबाट झिकेर हत्या गरेको घटनाका फरार अभियुक्त रहेका शर्माले राजनीतिक विषयलाई आपराधिक मुद्दा बनाएर जबर्जस्ती फसाउन खोजेको बताए । उनले मधेसको जनताले दिएको म्यान्डेट अनुसार आफूले काम गर्ने पनि जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...