सरकार र केसी पक्षबीचको वार्ता एक घण्टाका लागि स्थगित



हाम्रो इकोनोमि

सरकार र केसी पक्षबीचको वार्ता एक घण्टाका लागि स्थगित गरिएको छ। निर्णायक भनिएको आजको वार्तामा विवादित चिकित्सा शिक्षा विधेयकका विषयमा सरकारी पक्षले उच्च राजनीतिक नेतृत्वसँग समन्वय गर्नुपर्ने भएकोले एक घण्टाका लागि समय माग गरेको केसी पक्षका वार्ता समितिका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।

उनले भने, विधेयक विषयमा उहाँहरुले राजनीतिक नेतृत्वसँग छलफल गर्न समय माग गरेपछि एक घण्टाका लागि स्थगित गरिएको हो।

 

सरकारी पक्षले राजनीतिक नेतृत्वसँ छलफल गरेपछि फेरी वार्ता बस्न‍े अर्यालले जानकारी दिए। अर्यालका अनुसार विधेयकको विषयमा सरकार अझै लचिलो हुन सकेको छैन। उनले भने, हामीलार्इ माफिया पोष्ने विधेयक फिर्ता हुनुपर्ने माग राखेका छौं। यस विषयमा उहाँहरुले मानिरहनु भएको छैन।

 

डा केसीलाई काठमाडौं ल्याएपछि करिब ५ दिन जसो वार्ता ठप्प रहेको अवस्थामा मंगलबारबाट एकाएक वार्ताको माहोल तयार भएको थियो। मंगलबार बसेको वार्तामा डा केसीले राखेका मागहरुमध्ये छ वटा विषयमा समझदारी भएको जनाइएको छ।

 

२६ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था दिनानुदिन कमजोर बनिरहेको छ। सिंहदरवार स्थित शिक्षा मन्त्राललमा जारी वार्तालाई निर्णायक बनाउने गरि दुबै पक्ष वार्तामा बसेको थियो।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...