सरकार र केसी पक्षबीचको वार्ता एक घण्टाका लागि स्थगित



हाम्रो इकोनोमि

सरकार र केसी पक्षबीचको वार्ता एक घण्टाका लागि स्थगित गरिएको छ। निर्णायक भनिएको आजको वार्तामा विवादित चिकित्सा शिक्षा विधेयकका विषयमा सरकारी पक्षले उच्च राजनीतिक नेतृत्वसँग समन्वय गर्नुपर्ने भएकोले एक घण्टाका लागि समय माग गरेको केसी पक्षका वार्ता समितिका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।

उनले भने, विधेयक विषयमा उहाँहरुले राजनीतिक नेतृत्वसँग छलफल गर्न समय माग गरेपछि एक घण्टाका लागि स्थगित गरिएको हो।

 

सरकारी पक्षले राजनीतिक नेतृत्वसँ छलफल गरेपछि फेरी वार्ता बस्न‍े अर्यालले जानकारी दिए। अर्यालका अनुसार विधेयकको विषयमा सरकार अझै लचिलो हुन सकेको छैन। उनले भने, हामीलार्इ माफिया पोष्ने विधेयक फिर्ता हुनुपर्ने माग राखेका छौं। यस विषयमा उहाँहरुले मानिरहनु भएको छैन।

 

डा केसीलाई काठमाडौं ल्याएपछि करिब ५ दिन जसो वार्ता ठप्प रहेको अवस्थामा मंगलबारबाट एकाएक वार्ताको माहोल तयार भएको थियो। मंगलबार बसेको वार्तामा डा केसीले राखेका मागहरुमध्ये छ वटा विषयमा समझदारी भएको जनाइएको छ।

 

२६ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था दिनानुदिन कमजोर बनिरहेको छ। सिंहदरवार स्थित शिक्षा मन्त्राललमा जारी वार्तालाई निर्णायक बनाउने गरि दुबै पक्ष वार्तामा बसेको थियो।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...