वर्षेनी हराउछन् महिला तथा वालवालिका कहाँ जान्छन् उनीहरु मकवानपुरका मात्र तीन सय गायब



 

मकवानपुरको सुदुरपुर्वमा पर्ने बागमती गाउँपालिकास्थित राईगाउ—१ की विवाहित २५ वर्षीया सरस्वती राई र २३ वर्षीया जमुना थिङ घरवाट हेटौडा घुम्न आएको एक महिना भइसक्यो, अहिलेसम्म उनीहरु घर फर्केका छैनन् ।

 

असार १ गते उनीहरु घरवाट निस्केका थिए । दुवैको चार वर्ष पुग्दै गरेको एउटारएउटा छोरी छन् । राई र थिङ घरमा बच्चा छाडेर वेपत्ता भए । राईको पति नेपाल प्रहरीमा जागिरे छन् भने थिङको पति रोजगारीका लागि साढे १ वर्ष अघि कतार गएका छन् । वुहारीहरु घर फर्केनन्, भनेर दुवैको ससुराले जिल्ला प्रहरी कार्यालय हेटौडाको महिला सेलमा गत असार १३ गते निवेदन दिएका छन् । खोजी गरिदिन अनुरोध गर्दै निवेदन दिएका हुन् ।

 

राई गाउँको मात्र होइन मकवानपुर गढी गाउपालिका–८ वुढीचौर २४ का विवाहित जानुका विक पनि वेपत्ता भएको दुई महिना भइसक्यो । उनको पतिले उनलाई अहिलेसम्म फेला पार्न सकेका छैनन् । प्रहरीलाई खोजविन गरिदिन पनि निवेदन दिएका छन् । पति श्याम विक विदेशवाट फर्केको दिनदेखि पत्नीको खोजविनमा जुटिरहेका छन् । मलेसियावाट पति काठमाडौं ओर्लेकै दिनदेखि जानुका घरवाट वेपत्ता भएकी हुन् । घरका सासु ससुरालाई काठमाडौंमा पति लिन जानको लागेको भनेर उनी घरवाट निस्केकी थिइन् । उनी पतिलाई स्वागत गर्न पनि पुगिनन् र घर पनि फर्किनन् । २ र ४ वर्षका दुई छोरालाई छाडेर उनी वेपत्ता भइन् । पतिले विदेशवाट पठाएको सवै पैसा लिएर बेपत्त भएको बताइएको छ ।

 

मकवानपुरको कैलाश गाउँपालिका—३ कालिकाटारकी १९ वर्षीया सुनिता मोक्तान विदेश जान्छु भनेर हिडेको ५ महिना भइसकेको अहिलेसम्म अत्तोपत्तो छैन । विदेशमा गएर हराएको हो की, अन्त कतै गएको हो अहिलेसम्म अत्तोपत्तो छैन बावु दुर्गावहादुर मोक्तानले भने । छोरीको खोजविन गरिदिन जिल्ला प्रहरी कार्यालय हेटौडामा निवेदन दिएका छन् । वैदेशिक रोजगारीका निम्ति साढे एक वर्षअघि कतार पुगेका मकवानपुरगढी सुकौराका अर्जुन भ्लोनको पनि पत्नी चार महिनादेखि घरबाट वेपत्ता भएकी छिन् । उनको ससुराले जिल्ला प्रहरी कार्यालय हेटौडामा खोजविन गरिदिन निवेदन दिएका छन् ।

 

आव ०७४र०७५ को असार महिनामात्र विवाहित २२ सहित ३१ जना महिला वेपत्ता भएका छन् । यसैगरी मनहरी गाउँपालिका ७ रमनटारका २ वालिका र एक वालक असारको ८ गतेदेखि हराएका छन् । घरवाट मनहरी बजार घुम्न आएका तीन बालबालिका अहिलेसम्म घर फर्केका छैनन् । वालिकाको आमा सुन्तली विकले १३ वर्षीया छोरी हराएकाले खोजी गरिदिन अनुरोध गर्दै तस्बिरसहित निवेदन दिएकी छिन् ।

 

असार महिनामा मात्र मकवानपुरका १० वालिकासहित १२ जना बालबालिका हराएको महिला सेलले जानकारी दिएको छ । गत आवमा मकवानपुरका १ सय ५१ जना विवाहितसहित २ सय ४२ जना महिला हराएका छन् भने ६८ जना वालिकासहित १ सय ११ जना बालबालिका वेपत्ता भएका छन् । हराएकामध्ये २ सय ७ जना महिला र १ सय ५ जना बालबालिका फेला परेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नरेशकुमार सिंहले वताए ।

 

मकवानपुर जिल्लामा आव ०७४र०७५ मा महिला र बालबालिका गरेर ३ सय ५३ जना वेपत्ता भएका थिए । ती मध्ये ४१ जनाको हालसम्म अत्तोपत्तो छैन । आव ०७३र०७४ मा १ सय ८२ जना महिला र ६९ जना बालबालिका हराएका थिए । ती मध्ये ४९ जना महिला र १८ जना बालबालिकामात्र फेला परेका थिए । १ सय ८४ जना वेपत्ता भएका थिए । गत आवमा महिला र बालबालिका गरेर ३ सय ५३ जना वेपत्ता भएका थिए । ती मध्ये ३ सय १२ जना फेला परेका छन् ।

 

आव ०७२र०७३ मा महिला र बालबालिका गरेर १ सय ६३ जनामात्र वेपत्ता भएका थिए । महिला र बालबालिका वेपत्ता हुने क्रम वढ्दो छ । ती मध्ये ७८ जना मात्र फेला परेका थिए । ८५ जना वेपत्ता भएका थिए । ‘महिला र बालबालिका वेपत्ता हुने क्रम बढ्दो छ’ बालबालिका क्षेत्रमा काम गर्दै आएका प्रकाश खतिवडाले भने, ‘महिला र बालबालिकालाई कता लगेर वेपत्ता पार्छन् पत्ता लगाउन मुस्किल परेको छ ।’

 

आव ०७०र०७१ मा ४५ जना महिलासहित ८० जनामात्र वेपत्ता भएका थिए । तीमध्ये ४३ जना फेला परेका थिए । ३७ जना वेपत्ता भएका छन् । वेपत्ताको संख्या वर्षेनी बढ्दै छ । प्रहरी कार्यालय हेटौडाको सुचिमा वेपत्ता भनिएकाहरु पनि घरमा आइसकेका होलान् तर कार्यालयलाई जानकारी नदिएका कारणले हराउनेको सुचि धेरै देखिएको प्रहरी नायब उपरीक्षक सिंहले भन्छन् ।

 

मकवानपुरबाट वेपत्ता भएका अधिकांश महिला र बालबालिकाहरु भारतको वेश्यालय, दिल्ली हुँदै अवैध ढंगले रोजगारीका लागि विदेश र सर्कसमा बेचिने गरेका छन् भने केही पतिलाई छाडेर दोस्रो विवाह गरेर सम्पर्कविहिन हुने गरेका छन् । ‘छोरी, वुहारी, नातिनातिनाहरु हराउँदा उनीहरुको आफन्तहरु रुदै निवेदन दिन आउने गर्छन् तर पछि फ्लअप पनि गर्दैनन् र घर फर्केको पनि जानकारी नै दिदैनन्’ जिल्ला प्रहरी कार्यालय हेटौडाकी महिला सेलकी दिपा कार्कीले भनिन्, ‘फेला परेपछि परिवारले जानकारी नै नदिने रोगले गर्दा वेपत्ता महिला र बालबालिकाको संख्या धेरै देखिएको हो ।’

 

गत आवको असार महिनामा महिला र बालबालिका ४२ जना हराएका छन् । ‘मकवानपुरबाट महिला र बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर अवैधानिक ढंगले विदेशमा लगेर विक्री गर्ने गरेका छन’ बालवालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सिविन हेल्पलाईनका प्रमुख झविन्द्र ज्ञवालीले भने, ‘पैसाको लोभमा परेर महिला र बालबालिकाहरु दलालहरुको हातमा पर्ने गरेका छन ।’

 

आव ०७०र०७१ देखि आव ०७४र०७५ सम्म अर्थात चार वर्षका वीचमा ३ सय ४७ जना महिला र बालबालिका वेपत्ता भएका छन् । उनीहरु कहाँ छन्, के गर्दैछन अहिलेसम्म अत्तोपत्तो छैन । प्रहरी विगतदेखि नै अहिलेसम्म खोजीमै छ । वेपत्ता हुनेका परिवारहरु पनि खोजी गरिरहेका छन् । तर फेला पार्न सकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन ।