आफ्नै आमा काल बनेर आएपछि तीन सन्तानले यसरी गुमाए ज्यान, हत्यारा आमा यसरी परे पक्राऊ



हाम्रो इकोनोमि

 

कैलालीमा एक आमाले ११ महिने छोरीको हत्या गरेकी छन् । गोदावरी नगरपालिका(९ धनचौरीकी ४० वर्षीया तारा जोशीले ११ महिने छोरी डम्बरा जोशीको हत्या गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

यही घरमा ताराले आफ्नो सन्तान मारेको यो तेस्रो घटना हो । सासू सुनमती जोशीले दिएको जानकारीअनुसार रातिसँगै सुताएकी छोरी बिहान मृत अवस्थामा भेटिएकी छन् । सुनमतीले आफू र आफ्नो श्रीमान् काठमाडौं भएको बेला घरमा नातिनीको हत्या गरेको बताइन् । ताराले यसअघि दुई वर्षअघि एक महिने छोरा र चार वर्षअघि १० दिनका छोरालाई पनि घाँटी थिचेर हत्या गरेको सुनमतीले जानकारी दिइन् ।

 

ताराका श्रीमान् हर्क जोशी सुस्त मनस्थितिका छन्। उनीहरूको पाँच वर्षको छोरा भने आफूसँगै राखेकाले जोगिएको सुनमतीले बताइन् । ताराले के कारणले सन्तानको हत्या गर्छिन् भन्ने खुलेको छैन तर उनी निकै रिसालु रहेको परिवारले जानकारी दिएको छ ।

 

ताराले यसअघि पहिलो लोग्नेको घरमा पनि सन्तानलाई नदीमा बगाएर माइतीमा बसेको खुलेको छ। आफन्तले खबर गरेपछि प्रहरी घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कैलालीका डीएसपी हरिबहादुर वलीले जानकारी दिए ।

 

अत्तरियाबाट गएको प्रहरीको टोली खुटिया नदीमा पानी बढेकाले जान नसकेपछि पुनः धनगढी भएर गएको उनले सुनाए । घटनाबारे प्रहरी घटनास्थल पुगेपछि मात्रै थाहा हुने वलीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...