आफ्नै आमा काल बनेर आएपछि तीन सन्तानले यसरी गुमाए ज्यान, हत्यारा आमा यसरी परे पक्राऊ



हाम्रो इकोनोमि

 

कैलालीमा एक आमाले ११ महिने छोरीको हत्या गरेकी छन् । गोदावरी नगरपालिका(९ धनचौरीकी ४० वर्षीया तारा जोशीले ११ महिने छोरी डम्बरा जोशीको हत्या गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

यही घरमा ताराले आफ्नो सन्तान मारेको यो तेस्रो घटना हो । सासू सुनमती जोशीले दिएको जानकारीअनुसार रातिसँगै सुताएकी छोरी बिहान मृत अवस्थामा भेटिएकी छन् । सुनमतीले आफू र आफ्नो श्रीमान् काठमाडौं भएको बेला घरमा नातिनीको हत्या गरेको बताइन् । ताराले यसअघि दुई वर्षअघि एक महिने छोरा र चार वर्षअघि १० दिनका छोरालाई पनि घाँटी थिचेर हत्या गरेको सुनमतीले जानकारी दिइन् ।

 

ताराका श्रीमान् हर्क जोशी सुस्त मनस्थितिका छन्। उनीहरूको पाँच वर्षको छोरा भने आफूसँगै राखेकाले जोगिएको सुनमतीले बताइन् । ताराले के कारणले सन्तानको हत्या गर्छिन् भन्ने खुलेको छैन तर उनी निकै रिसालु रहेको परिवारले जानकारी दिएको छ ।

 

ताराले यसअघि पहिलो लोग्नेको घरमा पनि सन्तानलाई नदीमा बगाएर माइतीमा बसेको खुलेको छ। आफन्तले खबर गरेपछि प्रहरी घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कैलालीका डीएसपी हरिबहादुर वलीले जानकारी दिए ।

 

अत्तरियाबाट गएको प्रहरीको टोली खुटिया नदीमा पानी बढेकाले जान नसकेपछि पुनः धनगढी भएर गएको उनले सुनाए । घटनाबारे प्रहरी घटनास्थल पुगेपछि मात्रै थाहा हुने वलीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...