पासपोर्ट नभएका मन्त्रीका कारण यात्रीलाई सास्ती, पासपोर्ट विनै यसरी उड्न खोज्दैथिए बैंकक



हाम्रो इकोनोमि

 

अहिलेको सरकारमा रहेका मन्त्रीहरु ताल तालका छन् । कसैको बोलीमा लगाम नहुँदा मन्त्री पद नै खुस्कियो । त कोही बोल्न नजान्दा विवादमा तानिदै आएका छन् ।

यस्तै हालैमात्र सरकारमा सहभागी भएका सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव पनि आफ्नै सानो कमजोरीका कारण यात्रुहरुले अनावश्यक हैरानी खेप्नु परेको छ ।

उनका कारण हिजो थाई एयरको जाहाजबाट बैंककातिर उड्न लागेका यात्रुहरुले सास्ती र हैरानी खेप्नु परेको छ । खासमा भएको के थियो भने उपप्रधानमन्त्री उपेन्द्र यादव कार्यक्रमको सिलसिलामा काठमाडौंबाट बैंकक उड्ने तयारी गर्दै थिए ।

 

विमान उड्ने निर्धारित समयभन्दा १० मिनेट अगाडि उनी विमानस्थल पुगे । यसरी विदेश भ्रमणमा निस्कन लागेका उपप्रधानमन्त्रीसँग त पासपोर्ट नै रहेनछ । परराष्ट्र मन्त्री समेत बनिसकेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई विदेश भ्रमणका लागि पासपोर्ट अनिवार्य चाहिने कुराको ज्ञान हुनुपर्ने हो ।

 

उनलाई हतार हतार विशेषाधिकार प्रयोग गरी अर्को रातो पासपोर्ट बन्‍यो। र हस्तलिखित बोर्डिङ पास दिएर बैंककतिर त उयडाइयो तर उनकै कारण सर्वसाधरणको यात्रा ४५ मिनेट लम्बिन पुग्यो ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...