पासपोर्ट नभएका मन्त्रीका कारण यात्रीलाई सास्ती, पासपोर्ट विनै यसरी उड्न खोज्दैथिए बैंकक



हाम्रो इकोनोमि

 

अहिलेको सरकारमा रहेका मन्त्रीहरु ताल तालका छन् । कसैको बोलीमा लगाम नहुँदा मन्त्री पद नै खुस्कियो । त कोही बोल्न नजान्दा विवादमा तानिदै आएका छन् ।

यस्तै हालैमात्र सरकारमा सहभागी भएका सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव पनि आफ्नै सानो कमजोरीका कारण यात्रुहरुले अनावश्यक हैरानी खेप्नु परेको छ ।

उनका कारण हिजो थाई एयरको जाहाजबाट बैंककातिर उड्न लागेका यात्रुहरुले सास्ती र हैरानी खेप्नु परेको छ । खासमा भएको के थियो भने उपप्रधानमन्त्री उपेन्द्र यादव कार्यक्रमको सिलसिलामा काठमाडौंबाट बैंकक उड्ने तयारी गर्दै थिए ।

 

विमान उड्ने निर्धारित समयभन्दा १० मिनेट अगाडि उनी विमानस्थल पुगे । यसरी विदेश भ्रमणमा निस्कन लागेका उपप्रधानमन्त्रीसँग त पासपोर्ट नै रहेनछ । परराष्ट्र मन्त्री समेत बनिसकेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई विदेश भ्रमणका लागि पासपोर्ट अनिवार्य चाहिने कुराको ज्ञान हुनुपर्ने हो ।

 

उनलाई हतार हतार विशेषाधिकार प्रयोग गरी अर्को रातो पासपोर्ट बन्‍यो। र हस्तलिखित बोर्डिङ पास दिएर बैंककतिर त उयडाइयो तर उनकै कारण सर्वसाधरणको यात्रा ४५ मिनेट लम्बिन पुग्यो ।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...