तीन किलो ३६ ग्राम सुनसहित पाँच भारतीय नागरिक यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले तीन हजार ३६ ग्राम सुुनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

कार्यालयले सोमबार थाई एयरबाट थाइल्याण्डको बैँककबाट काठमाडौँ आएका ईश्वर दास, अवतार सिंह, अमृतपाल सिंह, हरमिन्दर सिंह र रिजवान आवुल अन्सारीले भन्सार छलेर सुन ल्याएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुटकेशमा लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिनुभयो । जसमध्ये ईश्वर दासबाट ५७८ ग्राम, अवतार सिंहबाट ५७७, अमृतपाल सिंहबाट ९५५, हरमिन्दर सिंहबाट ५७८ र रिजवान आवुल अन्सारीबाट ३४८ ग्राम सुन बरामद गरेको छ ।

प्रहरीका अनुसार उक्त सुनको अहिलेको मूल्य रु एक करोड ४७ लाख ८५ हजार ३२० रहेको छ । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रवक्ता मैनालीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...