यस्ता जाली छन भारतका प्रधानमन्त्री भन्दै सामाजिक अभियान्ता स्वामी अग्निवेशले यस्तो आरोप लगाए, अब मोदी के गर्छन्



 

सामाजिक अभियान्ता स्वामी अग्निवेश यही हप्ता भारतमा बढिरहेको हिन्दु अतिवादीहरूको भीडले कुटपिट गर्ने कार्यको शिकार भए । सौभाग्यवश अन्य घटनामा जस्तो उनलाई भीडले हत्या गर्न भने सकेन । भारतीय समाचार बेवसाइट ‘क्विन्ट’सँग कुरा गर्दै अग्निवेशले आफूमाथि भएको आक्रमण र मोदीको भीडबाट भइरहेको यी हिंसाप्रतिको रहस्यमयी मौनतामा आक्रोश पाखे ।

 

(घटना हुनुअघि) म पत्रकारहरूसँग कुरा गरिरहेको थिएँ । त्यहीबेला कसैले बाहिर केही एबीभीपी (भारतीय सत्तारुढ दल भाजपाको मातृ संगठन आरएसएससम्बद्ध विद्यार्थी सङ्गठन) र भारतीय युवा मोर्चाका कार्यकर्ताहरू तपाईं विरुद्ध विरोध प्रदर्शन गर्न चाहन्छन् भने ।

 

त्यसपछि मैले, स्वतस्फूर्त रूपमा, उनीहरूलाई भित्र बोलाउन भने । केही मुद्दा छन् भने हामी यहीँ सुल्झाउनेछौँ, बाहिर किन उभिरहेको भने ।

 

कोही आएनन् र प्रतिक्रिया नजनाएपछि पत्रकार सम्मेलन सुरु भयो । जब पत्रकार सम्मेलन सक्कियो, म दालभात खाएर बाहिर निक्लेको मात्र थिएँ, डेड सय मानिसहरू रहेको एकदम आक्रोशित एक भीड ममाथि आइलाग्यो ।

 

एकदम आक्रामक ढङ्गले मतर्फ अगाडि बढिरहेका भीडलाई मैले हात जोडेर हाउभाउको भाकामा ‘मैले के गल्ती गरेँ, त्यो त बताऊ’ प्रश्न गरेँ ।

 

त्यति भन्न मात्र के पाएको थिएँ, उनीहरूले मलाई समाते र मलाई जथाभावी पिट्न थाले । कपडा च्याते अनि भूमिमा लडाए । म एक अढाई फिट जतिको खाल्डोमा परेँ । त्यसपछि उनीहरूले मलाई खुब पिटे ।
एक भीड मलाई मार्न तयार भएको थियो । यो सबै सायद ५, ७ मिनेट चल्यो होला । त्यो अवधिमा म अब बाँच्छु पनि होला भन्ने आशा त्यागिदिएको थिएँ ।

 

भीडले मलाई मरणासन्न हुने गरी पिटेर छाडेपछि त्यो क्षेत्रका एसपी वर्णवाललाई फोन लगाएँ । फोनमा मैले यस्तो यस्तो भयो भनेँ । उसले यसबारेमा केही जानकारी नै नभएको जसरी ‘ठीक छ ! ठीक छ ! म प्रहरी पठाउँछु’ भने ।

 

त्योमध्ये नाम जसलाई स्थानीय मानिसहरूले पहिचान गरे उनीहरूको नाममा एक ‘एफआईआर’ दर्ता भयो । मैले अब कारबाही होला भनेर सोचेँ । पछि फकिर्नका लागि जब म स्टेसन जाँदै थिएँ, तब आठ जना मानिस पक्राउ परेको जानकारी भयो ।

 

तर अघिल्लो दिन राँची पुग्दा के थाहा भयो भने गिरफ्तारी गरिएको दुई घण्टाभित्रै उनीहरूलाई छोडिइएछ । कसैलाई कुनै कारबाही भएन ।

 

यो हो पूराका पूरा नाटक, जसलाई प्रायोजित भनिन्छ, त्यही । यो त्यस्तो बेनामी मानिसहरूको भीडले गरेको आक्रमण पनि थिएन । बकाइदा एक राज्य प्रायोजित, एक पार्टी विशेष, सङ्घ परिवारसँग सम्बन्धित मानिस थिए, उनीहरूको आक्रमण थियो ।

 

मैले भने प्रहरी पठाउन पर्दैन, तपाईं आफै आउनु । हेर्नुस्, तपाईंको राज्यमा ममाथि के भयो । उनी आउनका लागि तयार थिएनन् । मैल डिसीलाई फोन गरेँ, उनी पनि आउन तयार थिएनन् । त्यो अवस्था देखेर म अचम्म परेँ । यति ठूलो घटना भएको छ र उनीहरू आइरहेका छैनन् ।

 

तब केही पत्रकारहरूले मलाई के बताए भने त्यही दिन सर्वोच्च अदालतबाट एक ठूलो फैसला आएको छ । फैसलामा भीडले कुटपिट गर्ने घटनामा राज्य र केन्द्र दुवैले ठूलो शक्ति लगाएर घटनाको सामना गर्नुपर्छ भनिएको छ ।

 

त्यसपछि मैले चिफ सेक्रेटरीलाई फोन गरेँ । मिस्टर त्रिपाठी छन्, झारखण्डका । उनले फोनमा मेरो कुरा सुन्नासाथ ‘म तपाईंलाई चिन्छु, म एसपीलाई तपाईंलाई भेट्न भन्छु’ भने  ।

 

त्यसको केहीपछि वर्णवाल आए र आउना साथ मलाई भन्न थाले कि ‘हेर्नुस् हामीलाई तपार्इं आउने कुनै सूचना नै थिएन । त्यसपछि कार्यक्रम आयोजकसँग एउटा कागज थियो, त्यो उनलाई देखाएँ । त्यसपछि उनको अनुहार न्याउरो भए । उनीसँग बोल्ने कुरै थिएन ।

 

पछि जब मलाई प्राथमिक उपचारका लागि पाकुडा अस्पताल लगियो । त्यहाँ डिसी महोदय आए । केही सहानुभूति देखाउनका लागि । यसको अतिरिक्त मैले कुनै प्रहरी, सुरक्षा वा केही पनि देखिनँ ।

 

पछि मैले थाहा के पाएँ भने मेरा एक आदिवासी कार्यकर्ता पी माल्टोले मेरातर्फबाट एफआईआर दर्ता गरे । त्यसमा आठ जना रिङ्ग लिडर थिए, सबै जिल्लाका प्रमुखहरू थिए । त्यसमा भाजपा र आरएसएसको संयुक्त रूप, जसलाई हामी सङ्घ परिवार भन्छौँ, त्यसकै मान्छेहरू थिए । तर उनीहरू चलाखीपूर्ण रूपमा यो नाम, त्यो नाम गरेर दश नाम राख्छन् । मान्छेचाहिँ फेरि एउटै हुन्छ ।

 

मुस्लिम युवकको भीडबाट हत्या र मोदीको रहस्यमयी मौनता

पहलु खानको जहाँ हत्या भएको थियो, त्यही वरिपरि २८ वर्षका नौजवान अकबर हत्या गरियो । आज तिनको बच्चाको तस्बिर हेर्नुस्, म तपाईंहरूलाई भन्छु कि ती बच्चाहरू र उनको श्रीमतीको तस्बिर संसारलाई देखाउनुस् । ती मेरी बहिनी हुन्, ती बच्चाहरू मेराजस्तै हुन् । कसरी मार्न सक्छौ तिमीहरू उसको बाबुलाई ? सोध्नुस् त सही ।

 

यस्तोमा नरेन्द्र मोदी चुप छन् ? सरम आउँदैन उनलाई ? भाषण छाँट्छन् उहाँ– दुनियाभरीको कुरामा भाषण, सबैभन्दा बढी बोल्छन् र अलग अलग तरिकाबाट । ‘मनका कुरा’मा अर्कै छ त मिडियामा अर्कै । यो विषयमा चाहिँ किन बोलिरहेका छैनन् र बोलिरहँदा पनि दबाब किन दिइरहेका छैनन् ।

 

आजभन्दा तीन वर्ष पहिले तपाईंको दिल्लीको नाकको तल दादरीको विसडा गाउँमा रातको नौ बजे मन्दिरमा लाउडस्पिकर बजाएर भीड जम्मा गरियो । साढे दश बजे उसको घरमा अढाई सय मानिस पसेर फ्रिजमा गाईको मासु राखिएको आशङ्काको भरमा उसका पत्नी र बच्चाहरूको अघि पिटी पिटी मारियो ।

एजेन्सी

 

उसको एक छोरा भारतीय एअर फोर्समा काम गर्छ । देशभक्त मानिसहरू हुन् । तिमीहरूलाई यति पनि थाहा छैन । पछि तिमीहरू भन्छौ कि हामी मासु केको थियो भनेर फोरेन्सिक ल्याबमा अनुसन्धान गर्छौं ।
त्यस्तोमा उनकी छोरीले सोधेको कुराले तिमीहरूको मन छोएन । उनले ‘यदि रिपोर्टमा गाईको मासु नभएर भैँसी वा खसीको थियो भन्ने आयो भने तिमीहरू मेरो बुबालाई फिर्ता गरिदिन्छौ ?’ भनेर सोधेकी थिइन् ।
यति जाली प्रधानमन्त्री ! यो भारतको दुर्भाग्य हो । यी सबै हिन्दुकै बदनामी गरेर फेरि हिन्दुत्वको नाममा पिटिरहेका छन् ।

ममाथि आक्रमण भइरहँदा उनका नारा भने– जय श्री रामको लगाइरहेका छन् ? उही राम जो पूरै मानवताको दुनियाभित्र एक आदर्श प्रतीक हुन् । उसलाई पनि बदनाम गरिरहेका छौँ ।
तपाईं के गर्न खोजिरहनुभएको छ ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति