बाल यौन दुराचारी दुई विदेशी आफ्नो मुलुक भाग्न खोज्दा यसरी पक्राऊ परे



हाम्रो इकोनोमि

 

बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली नागरिक आफ्नो मुलुक भाग्न लाग्दा समातिएका छन् । पक्राउ पर्नेमा ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ वर्षीय मिचेल चुपाउ छन् ।

प्रहरीले निगरानी बढाएको सूचना पाएलगत्तै उनीहरुले आफ्नो मुलुकतर्फ भाग्ने प्रयास गरेको थिए । तर, शुक्रबार विमानस्थल जानै लागेका वेला उनीहरुलाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गौशालाबाट पक्राउ गरेको हो ।

ब्यूराको निर्देशक नारायणसिंह खड्काका अनुसार काठमााडौंको कागेश्वरी नगरपालिकामा बसेर उनीहरुले स्थानीय १० देखि १४ वर्ष उमेर समूहका बालबालिकामाथि यौन दुराचार गर्दै आएका थिए ।

‘हामीले लामै निगरानीपछि उनीहरुलाई पक्राउ गरेका हौं’, खड्काले भने, ‘पक्राउ परेका मध्ये चपाउ सन् २००४ मा फ्रान्समा पनि बाल यौन दुराचारको अभियोगमा पक्राउ परेको खुलेको छ ।’

उनीहरुले बालबालिकालाई फुटबल, चकलेट, स्पोर्टस् ड्रेस किनिदिने तथा स्थानीय स्वीमिङ पुलमा पौडी खेल्न लैजाने, खाजा र खाना खुवाउने लगायतका काम गरेर प्रलोभनमा पारेर पालैपालो बालबालिकामाथि यौन दूराचार र अप्रकातिक मैथुन गर्ने गरेको ब्यूरोको एसपी कृष्णहरि शर्मा बताउँछन् ।

 

‘उनीहरुले कोठा र फ्याल्टै समेत लिएर दुराचार गर्ने गरेको भेटिएको छ’, शर्माले भने, ‘अहिलेसम्म उनीहरुबिरुद्ध ५ जनाले जाहेरी दिएका छन् ।’ बाल यौन दुराचारको आरोप लागेका दुवै जना पेशाले कम्प्यूटर इञ्जिनियर हुन् ।

 

प्रतिक्रिया दिनुहोस
यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...

प्रेस चौतारीका पूर्वअध्यक्ष अर्यालले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

    प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी...