बाल यौन दुराचारी दुई विदेशी आफ्नो मुलुक भाग्न खोज्दा यसरी पक्राऊ परे



हाम्रो इकोनोमि

 

बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली नागरिक आफ्नो मुलुक भाग्न लाग्दा समातिएका छन् । पक्राउ पर्नेमा ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ वर्षीय मिचेल चुपाउ छन् ।

प्रहरीले निगरानी बढाएको सूचना पाएलगत्तै उनीहरुले आफ्नो मुलुकतर्फ भाग्ने प्रयास गरेको थिए । तर, शुक्रबार विमानस्थल जानै लागेका वेला उनीहरुलाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गौशालाबाट पक्राउ गरेको हो ।

ब्यूराको निर्देशक नारायणसिंह खड्काका अनुसार काठमााडौंको कागेश्वरी नगरपालिकामा बसेर उनीहरुले स्थानीय १० देखि १४ वर्ष उमेर समूहका बालबालिकामाथि यौन दुराचार गर्दै आएका थिए ।

‘हामीले लामै निगरानीपछि उनीहरुलाई पक्राउ गरेका हौं’, खड्काले भने, ‘पक्राउ परेका मध्ये चपाउ सन् २००४ मा फ्रान्समा पनि बाल यौन दुराचारको अभियोगमा पक्राउ परेको खुलेको छ ।’

उनीहरुले बालबालिकालाई फुटबल, चकलेट, स्पोर्टस् ड्रेस किनिदिने तथा स्थानीय स्वीमिङ पुलमा पौडी खेल्न लैजाने, खाजा र खाना खुवाउने लगायतका काम गरेर प्रलोभनमा पारेर पालैपालो बालबालिकामाथि यौन दूराचार र अप्रकातिक मैथुन गर्ने गरेको ब्यूरोको एसपी कृष्णहरि शर्मा बताउँछन् ।

 

‘उनीहरुले कोठा र फ्याल्टै समेत लिएर दुराचार गर्ने गरेको भेटिएको छ’, शर्माले भने, ‘अहिलेसम्म उनीहरुबिरुद्ध ५ जनाले जाहेरी दिएका छन् ।’ बाल यौन दुराचारको आरोप लागेका दुवै जना पेशाले कम्प्यूटर इञ्जिनियर हुन् ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...