सुर्खेतमा जिप दुर्घटना हुँदा ९ घाईते, चालक पक्राऊ



हाम्रो इकोनोमि

 

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको जिप मंगलबार दिउँसो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। जाजरकोटतर्फ जाँदै गरेको भे १ ज ७७२ नम्बरको जीप सिम्ता गाउँपालिका(६ गजौडा नजिकै दुर्घटना भएको हो।

 

दुर्घटनामा जाजरकोट कुसे गाउँपालिका वडा ५ प्रमाकुमारी रोकाय, बारेकोट गाउँपालिका वडा ६ हरिकला रोकाय, मिनप्रसाद महतारा, आयुस महतरा र मानवी महतरा घाइते भएका छन्।

 

त्यस्तै कुमाख गाउँपालिका(५ सल्यानका विष्णुकुमारी शाही, पुजा वुढाथोकी र राप्ती सोनारी गाउँपालीका–२ बाँकेका दिपक सेन पनि घाइते भएको इलाका प्रहरी कार्यालय बाँदेपिपलले जनाएको छ। इप्रका प्रमुख दामोदर अधिकारीका अनुसार जीप सडकबाट करिव १५ मिटर तल खसेको छ।

 

घाइतेहरुलाई सल्यानको सल्लीबजारमा प्राथमिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको अधिकारीले जानकारी दिए । जीपका चालक विवेक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...