महिला संघमा विवाद चुलियो, देउवा र पौडेल पक्षकाले गरे छुट्टा छुट्टै भेला



हाम्रो इकोनोमि

 

लामो समय सत्तामा रहेको नेपाली कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको छ । आफ्नै पार्टीभित्र सभापति देउवा र पौडेल गुट एक अर्कालाई कर्केनजरले समेत नहेरी हिड्ने गरेका छन् । पार्टीभित्र देखिएको गुटको राजनीति भातृसंगठनमा समेत स्वत पर्छ त्यहिअनुरुप अहिले कांग्रेसको भातृ संगठन नेपाल महिला संघमा विवाद चुलिएको छ।

 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर महिला नेतृहरूले आइतबार र सोमबार छुट्टै भेला आयोजना गरेपछि महिला संघ दुई चिरामा विभाजित देखिएको हो। संघको नेतृत्वमा सभापति शेरबहादुर देउवा निकट प्यानलले बहुमत ल्याएको थियो। अध्यक्ष उमा रेग्मी सभापति देउवानिकट मानिन्छिन् । महामन्त्री धना खतिवडा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन् ।

 

दुईदिने भेलामा संस्थापन पक्षधर महिला संघका पदाधिकारीहरूको उपस्थिति थिएन। संघमा संस्थापन पक्षको बहुमत भए पनि सिटौला पक्षका २२ र पौडेल पक्षधर एक जना मात्र छन्।

 

संघको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले भेलामा भने, ुअहिले महिला संघ एकातिर महिला अर्कैतिर भएको छ। त्यही भएकाले यसरी देशभरका महिला दिदीबहिनी भेला हुनुभएको हो ।

 

भेलालाई युवा नेता गगन थापाले पनि सम्बोधन गरेका थिए ।

महिला संघको काठमाडौं जिल्ला समितिले आयोजना गरेको भेला १३ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ। भेलाले कानून मन्त्रीले पदीय आचरणविपरित बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जाने नेपाली चेलीहरूलाई अपमान गरेको बताउँदै उनको बर्खास्ती माग गरेको छ।

समाज सुधारक अग्रज महिला योगमाया न्यौपानेलाई तत्काल राष्ट्रिय विभूति घोषणा गर्न भेलाले माग गरेको छ।

महिला संघ सभापति उमा रेग्मीले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलन महामन्त्री खतिवडालगायतले बहिस्कार गरेका छन्। नेता सिटौला पक्षधर २२ केन्द्रीय सदस्य पत्रकार सम्मेलनमा उपस्थित भएनन्।

राजधानीमा आयोजित एक साक्षात्कारमा महिला संघकी पूर्वअध्यक्ष डा। डिला संग्रौला र महासचिव खतिवडालगायतले कानून मन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...