दुबईमा अवैध रुपमा काम गर्नेलाई खुसीको खबरः तीन महिनाभित्र घर फर्के वैध बन्न सकिने



हाम्रो इकोनोमि

 

यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रुपमा बसिरहेका नागरिकहरुलाई स्वदेश र्फकने वा भिसा लिएर वैधानिक बन्ने अवसर दिने भएको छ ।

 

आगामी अगष्ट १ तारिखदेखि लागू हुने गरी यूएई सरकारले एम्नेष्टी जारी गर्ने बताएो छ । इमिरेट्स आइडी अथोरिटी विभागका उच्च अधिकारी ब्रिगेडिएर साहिदले जुलाई २३ तारिखमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएका हुन् ।

 

उनका अनुसार अवैध कामदारले वैध हुने वा विना जरिवाना आफ्नो देश फर्किन पाउने छन् । भिसा वा पासपोर्टको म्याद सकिएका अवैध कामदारले न्यूनतम पाँच सय दिराम तिरेर कुनै पनि कम्पनी वा व्यक्तिगत रुपमा भिसा लिएर काम गर्न वा यूएईमै बसोबास गर्न पाउनेछन् ।

 

यस्तै, आफ्नो देश फिर्ता हुन चाहेमा कुनै जरिवाना तिर्नुपर्ने छैन । साहिदका अनुसार यो सुविधा लिएर आफ्नो देश जाने जोकोही भविस्यमा पुनः यूएई आउन पाउने छन् ।

उनीहरुलाई यूएईमा काम गर्न वा घुम्न कुनै प्रतिबन्ध लाग्ने छैन । कामदार भिसामा रहेकाले मात्रै यो सुविधा पाउने छन् । यो सुविधा अगष्ट १ देखि अक्टोबर ३१ सम्म रहने छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...