शिक्षकलाई मन्त्रीले सोधे राजनीति गर्ने कि पढाउने ? राजनीति गर्ने भए राजिनामा दिएर घर जानुस



हाम्रो इकोनोमि

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरु राजनीतिक दलको नेता बन्न खोज्दा शिक्षाको गुणस्तर खस्किएको बताएका छन् ।

मंगलबार सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा उनले भने ‘शिक्षकको पहिचान परिवर्तन हुनु जरुरी छ, म यो राजनीतिक दलमा, यो ट्रेड यूनियनमा भन्ने पहिचान हटाउनुपर्छ ।’

 

उनले राजनीति गर्ने कि कक्षाकोठाभित्र केन्द्रित हुने रु भन्दै शिक्षकहरुसँग प्रश्न गरे । ‘अब शिक्षकको सूचक विद्यार्थीलाई कसरी पढाउँछन्, विद्यालयमा कति समय दिइरहेका छन् त्यसले निर्धारण गर्छ’ उनले भने ।

 

अहिलेका कतिपय शिक्षक शिक्षकजस्तो नभएको बताउँदै मन्त्री पोखरेलले योग्य शिक्षक नभएकै कारण शिक्षाको स्तर खस्किरहेको बताए ।उनले जनप्रतिनिधिहरुले पनि कुनै व्यक्ति जागिर नपाएपछि शिक्षक बनाउने विगतको जस्तो प्रथालाई निरन्तरता दिए शिक्षा झन् बर्बाद हुने बताए । मन्त्री पोखरेलले भने नपढाई राजनीति गर्ने भए राजिनामादिएर घर जानुस ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...