राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने, लालबाबु राउतको पद यसरी पर्ने भो धरापमा



हाम्रो इकोनोमि

 

राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ । राजयाले केन्द्रमा समर्थन फिर्ता गरे सँगै २ नम्बर प्रदेशको समिकरण पनि फेरबदल हुने भएको छ ।

 

यस सँगै द्युर्य नम्बर प्रदेशको मुख्यमन्त्री लालबाबु राउतको पद पनि धरापमा परेको छ । अब २ नमबरमा नेकपा र फोरमको सरकार बन्ने पक्का भएको छ ।

 

नेपाली काँग्रेसको आन्दोलनका कारण सरकार अप्ठ्यारोमा परेको बेला राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट आफ्नो समर्थन फिर्ता लिने भएको छ ।

 

राजपाले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएपनि हालसम्म आफूहरुसँग भएका सम्झौता कार्यान्वयनमा चासो नदिएको भन्दै समर्थन फिर्ता लिने भएको हो ।

 

आज त्यही विषयमा आधिकारिक निर्णय गर्न अध्यक्ष मण्डलको बैठक बसिरहेको छ । राजपा नेपालका एकजना महासचिवले भने, ‘अब समर्थन दिएर बरिरहने अवस्था छैन, आजको अध्यक्ष मण्डलको बैठकले विश्वासको मत फिर्ता लिने निर्णय गर्ने सम्भावना छ ।’

 

राजपा नेपालले सविधान संशोधन लगायत मधेश आन्दोलनको क्रममा पक्राउ परेका र थुनामा रहेकालाई रिहाईको माग गरेको छ । त्यसै अनुसारको सम्झौता पनि भएको थियो ।

राजपा नेपालका सांसद रेशम चौधरी अहिले थुनामा छन् । सो पार्टीले चौधरीको रिहाईको माग गर्दै आएको छ ।

 

राजपा नेपालले दुई नम्बर प्रदेशमा संघीय समाजवादी फोरम नेपाललाई सरकार बनाउनमा सहयोग गरेको छ भने केन्द्रको सरकारलाई विश्वासको मत दिएको छ ।

फोरम नेपाल केन्द्र सरकारमा सहभागी नै भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...