कानूनमन्त्रीमा पोखरेल र ढकालको चर्चा,कसले मार्ला बाजी



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीले कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई सरकारबाट फिर्ता बोलाएसँगै अब उनको स्थानमा नयाँ मन्त्री ल्याउने तयारी गरेको छ ।

 

नेकपाले औपचारिक रुपमा कुनै निर्णय नगरिसकेको भएपनि नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

 

दुई जनामध्ये एक जनालाई छानेर आजै शपथ खुवाउने तयारी रहेको स्रोतको दाबी छ । तत्कालिन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ मा संघीय संसदमा निर्वाचित बनेका हुन् भने पोखरेल चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

 

बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएपछि विवादमा तानिएका कानुमन्त्री तामाङलाई नेकपाले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...