भूकम्पमा मृत्यु भएकाको परिवार नै लाभग्राहीको सूचीमा छैन, पिडित भए घर न घाटको



हाम्रो इकोनोमि

 

देशका विभिन्न जिल्लाका भूकम्प पीडितहरु आफ्नो निजी आवास निर्माणको काममा जुटिरहेका बेला रामेछाप नगरपालिका(८ भंगेरिका दशरथबाबु श्रेष्ठ भने कागजपत्रकै झमेलामा छन् ।

 

भूकम्पले श्रेष्ठको घर मात्र भत्किएन, घरले किचेर उनका ९३ वर्षीय बाबु जनक श्रेष्ठको मृत्युसमेत भयो । गएको०७२ सालमा गएको विनासकारी भूकम्पले रामेछाप जिल्लामा ४१ जनाको ज्यान गयो । तिनै मध्ये एक थिए दशरथबाबु श्रेष्ठका पिता जनक श्रेष्ठ । श्रेष्ठलाई वैशाख १२ गते आएको भूकम्पले उनी बसेको घरले किचेर ज्यान लियो ।

 

भूकम्पले घर भत्किएको पीडाभन्दा पनि वृद्ध बाबुलाई घर भत्किएर किच्दा ज्यान गएको पीडाले लामो समयसम्म सतायो । अहिले बाबुले ज्यान गुमाएको पीडा त छँदै छ, त्योसँगै अहिले भूकम्प पीडितको लाभग्राहीको सूचिमासमेत नाम नपरेको पीडा उनको छ ।

 

रामेछाप जिल्लामा करिव ५० हजार घर परिवार लाभग्राहीको सूचिमा पर्दा पनि घर भत्किएर बाबु गुमाएका दशरथबाबु श्रेष्ठ भूकम्प पीडितको सूचिमा परेनन् । पहिलो पटक नाम नआएपछि उनले गुनासो गरे । तर, उनको नाम आएन । फेरि गुनासो भरेपछि भने उनको नाम घर मर्मत गर्नेको सूचीमा निस्कियो ।

 

अहिले उनी भूकम्पले आफ्नो घर भत्किएको पुष्टि गर्ने कागजात र फोटोहरु बोकेर सरोकारवाला निकायमा धाइरहका छन् । तरपनि उनको गुनासो खासै सुनुवाई भएको छैन ।

 

‘घर भत्किएर बुवालाई किचेर ज्यान नै लियो । घर उतिबेलै भत्कियो । भत्किएको घरबाट नेपाली सेनाको टोली आएर लास निकाल्यो । अहिले बाँसको टहरो बारेर बसेका छौँ ।’ श्रेष्ठले भने, ‘घर भएपो मर्मत गर्नु । घरै छैन, घर मर्मत गर्नेका सूचीमा नाम निस्किएको छ ।’

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...