नक्खु जेल हत्याकाण्डबारे यस्तो डरलाग्दो पर्दाफास, चार्स शोभराजभन्दा पनि निस्कियो खत्रा ‘सिरियल किलर’,प्रहरीले यसरी पक्राऊ ग¥यो



हाम्रो इकोनोमि

 

ललितपुरको नक्खु कारागारभित्र एक कैदीको फिल्मी शैलीमा भएको हत्यामा तीन जनाको संलग्नता खुलेको छ। ‘सिरियल किलर’ अभिषेक सिंहसहित सोही जेलमा रहेका अर्का कैदी मनोज चौरसियाको समेत हत्यामा संलग्नता खुलेको हो।

 

गत वैशाख २२ गते कैदी भक्तबहादुर सुनुवारको हत्या भएको थियो। सिंह, चौरसिया र अर्का एक व्यक्तिलाई अभियुक्त बनाई मंगलबार जिल्ला अदालतमा मुद्दा दायर हुँदै छ। केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले डेढ महिना लगाएर गरेको अनुसन्धानमा तीन जनाको संलग्नता खुलेको हो।

 

चौरसिया ‘गुड फर पेमेन्ट’ मार्फत तत्कालीन एचएन्डबी बैंकमा करिब १ अर्ब घोटालाका अभियुक्त हुन्। उनी ५ वर्षदेखि जेलमा छन्। जेलभित्र जेलर र चौकीदारहरुलाई कारबाही गराउन उनीहरुले सुनुवारको हत्या गरेको खुलेको हो। सिआइबीले मंगलबार पत्रकार सम्मेलन गरी हत्याको विस्तृत विवरण सार्वजनिक गर्दैछ।

 

सिरियल किलरको अर्को फिल्मी शैलीको हत्या

अभिषेक सिंहलाई ‘नेपाली शोभराज’को उपनामले पनि चिनिन्छ। जसरी शोभराजले कुनै व्यक्तिसँग नजिकिने र उसको हत्या गर्दथे, त्यसैगरी सिंहले पनि ५ जनालाई हत्या गरेका थिए। उनी २०७० सालमा पक्राउ परेका हुन्।

 

नख्खु जेलमा पनि उनले विगतकै शैलीमा हत्या गरे। अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीका अनुसार अभिषेक र सुनुवार जेलमा सँगै बस्थे। सुनुवारलाई सिंहले माया गर्थे। पछि आफ्नो स्वार्थ पूरा गर्न उनले सुनुवारलाई नै खानामा केमिकल मिसाएर हत्या गरेका हुन्।

 

प्रारम्भिक अनुसन्धानमा बिरामी भएर सुनुवारको हत्या भएको आशंका गरिएको थियो। पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण खुल्न सकेको थिएन। त्यसरी हत्या गर्दा फुड प्वाइजनका कारण मृत्यु भएको देखिने भएकाले उनले त्यो शैली अपनाएका हुन्।

 

घटनको सूक्ष्म अनुसन्धानको क्रममा हत्या गरेको खुलेको हो। घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले कारागार व्यवस्था विभागका निर्देशक कृष्ण अधिकारीको संयोजकत्वमा छानिबन समिति गठन गरेको थियो। समितिले सिंहले नै हत्या गरेको आधार देखिएको र यसको विस्तृत छानबिनको जिम्मेवारी सिआइबीलाई दिन सुझाव दिएको थियो। सोही अनुसार सिआइबीले अनुसन्धान गरी मुद्दा दायर गरेको हो।

 

जेलर तथा चौकीदार लगायतसँग सिंह र चौरसियाको झगडा हुँदै आएको थियो। यही प्रकरणमा उनीहरुले जेलर तथा चौकीदारलाई हटाउने उद्देश्यले सुनुवारको हत्या गरेका थिए। हत्याअघि सुनुवारका नाममा गृहमन्त्रीलाई पत्र लेखिएको थियो, जसमा आफूलाई चौकीदारले १५ लाख रुपैयाँ मागेको लगायत आरोप लगाइएको थियो। पूर्व योजनाअनुसार सिंहले नै सो पत्र लेखेर हत्या गरेको समेत प्रस्ट भएको छ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...