आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने निधिको चेतावनी, सडक र सदन दुवैतर्फको आन्दोलन नरोकिने



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

 

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहु विधेयकको रुपमा संसदमा पेश नगरेसम्म सडक र सदन दुवैतर्फको आन्दोलन नरोकिने पनि स्पष्ट पारेका छन् ।

 

नेपाली जनसम्पर्क समिति युरोपको पोर्चुगलमा आयोजित कार्यक्रममा भाग लिएर मंगलबार स्वदेश फर्किएका निधीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ बिहिबार बस्ने पार्टीको बैठकले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरे ।

 

उपसभापति निधिले सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमाथि बर्बरतापूर्वक दमन गरेकोमा आपत्ति जनाउँदै तत्काल बन्द गर्न पनि सचेत गराए ।

 

उपसभापति निधिले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । नेपाली काँग्रेसको सरकारविरुद्धको पहिलो चरणको आन्दोलनको कार्यक्रम आज सकिदैंछ ।

 

उपसभापति निधिले सरकारले आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबुहु तत्काल संसदमा पेश नगरे बिहिबार बैठक बसेर आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...