नाङ्गै मैदानमा नआउन कांग्रेसलाई प्रधानमन्त्री ओलीको चेतावनी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिलेको सिस्टम (प्रणाली) लाई असफल बनाउन लागिरहेको अरोप लगाएका छन् ।

नेकपा निकट प्रेस चौतारी र प्रेस सेन्टरआवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीले सामन्ती राजतन्त्र मान्न सक्ने कांग्रेस अहिले जनताले छानेको प्रतिनिधिको शासन र सरकार मान्न तयार नभएको आरोप लगाए ।

‘कांगे्रस अहिलेको बस्त्र उतारेर मैदानमा आएको छ’, नेकपामा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक सहभागीले भने ‘कांग्रेसले लोकतन्त्रको रक्षा गर्दैन । अब लोकतन्त्रको रक्षा कम्युनिष्टले गर्छन । नीति र व्यहारमा कांग्रेसलाई हामी चुनौति दिन चाहन्छौं ।’

ओलीले विगतमा ५० लाख दिएर प्रचण्डको टाउको ल्याएर आउ भन्ने कांग्रेसलाई उनै प्रचण्ड शासक हुँदा सही नसक्नु भएको तर्क गरे । ‘हिँजो हामी भूमिगत हुँदा राम्रोसँग खान नपाएर ख्याउटे हुँदा र फाटेको जुत्ता लगाएको देखेका कांग्रेसहरुलाई आज हामीले नै सत्ता चलाएको सहिनसक्नु भएको छ’ ओलीले भने ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर नेकपा गठन भए पनि तिनका भातृ र शुभेच्छुक संघ÷संस्था भने अझै एकीकृत हुन सकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...