बिहे गर्न जाऊ भन्दै अस्पताल पुर्‍याएर गर्भपतन, यसरी फकाएका थिए प्रेमीले



 

एक युवकले आफ्नी प्रेमिकालाई विवाह गर्ने बहानामा गाउँ बाहिर लगेर अवैध गर्भपतन गराएको खुलेको छ । सप्तरीको कंचनरुप नगरपालिकाकी पीडित किशोरी १७ वर्षकी छिन् । गर्भपतनपछि रत्तश्राव नरोकिएपछि उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय २० वर्षीय संजय सरदार र किशोरी प्रेम सम्बन्धमा थिए । उनीहरुबीच पटकपटक शारिरीक सम्बन्ध भयो । त्यसक्रममा गर्भ रहृयो । किशोरी पाँच महिनाकी गर्भवती भएपछि काठमाडौं गएर विवाह गर्ने नाममा सप्तरीकै कल्याणपुरस्थित एक निजी अस्पतालमा लगेर गर्भपतन गराएको खुलेको छ ।

 

‘विवाहको आश्वासन देखाएर पटक(पटक यौन सम्पर्क गरेपछि गर्भवती भएँ’ पीडित किशोरीले भनिन्, ‘पछिल्लो पटक गत बिहीबार विवाह गर्न काठमाडौं जाउँ भनेपछि खुशी खुशी जान तयार भएँ । तर, अस्पताल लगेर गर्भपतन गरायो ।’

 

आफूले नमान्दा संजयले बलजफ्ती गरेको र अस्पतालका स्वास्थ्यकर्मीहरुले पनि सघाएको पीडिच किशोरीले बताएकी छन् ।  गर्भपतन गरेपछि संजयले किशोरीलाई राजविराजस्थित कोठामा ल्याएर राखे । यता छोरी हराएको थाहा पाएपछि परिवारले खोजी थाल्यो र त्यही टोलका संजयले राजविराजस्थित कोठामा भेटिइन् ।

 

यसपछि संजयले आफ्नो घर लिएर गए । हल्ला गाउँभरी फैलियो । गाउँमा पञ्चायत बस्यो, जसले संजय र उनको परिवारले किशोरीलाई स्वीकार गर्ने सहमति भयो । तर, संजयकी आमाले नमानेको स्थानीयहरुले बताएका छन् ।

 

‘अहिले संजयकी आमाले आफ्नो श्रीमान् विदेशबाट आएपछि मात्रै केहि फैसला लिने बताइरहेकी छन्’ स्थानीय हरि यादवले भने, ‘एउटा अवोध बालिकालाई विवाहको प्रलोभन देखाएर जीवनसँग खेलबाड गरिएको छ ।’

 

संजय राजविराजमा बसेर ल्याब टेक्निसियन पढिरहेका छन् । पीडित परिवार भने किशोरीमाथि अन्याय भएको भन्दै राजविराज आएका छन् । उनीहरु उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेपछि डीएसपी भावेश रिमालले किशोरीलाई न्याय दिलाउने प्रतिबद्वता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति