बिहे गर्न जाऊ भन्दै अस्पताल पुर्‍याएर गर्भपतन, यसरी फकाएका थिए प्रेमीले



हाम्रो इकोनोमि

 

एक युवकले आफ्नी प्रेमिकालाई विवाह गर्ने बहानामा गाउँ बाहिर लगेर अवैध गर्भपतन गराएको खुलेको छ । सप्तरीको कंचनरुप नगरपालिकाकी पीडित किशोरी १७ वर्षकी छिन् । गर्भपतनपछि रत्तश्राव नरोकिएपछि उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय २० वर्षीय संजय सरदार र किशोरी प्रेम सम्बन्धमा थिए । उनीहरुबीच पटकपटक शारिरीक सम्बन्ध भयो । त्यसक्रममा गर्भ रहृयो । किशोरी पाँच महिनाकी गर्भवती भएपछि काठमाडौं गएर विवाह गर्ने नाममा सप्तरीकै कल्याणपुरस्थित एक निजी अस्पतालमा लगेर गर्भपतन गराएको खुलेको छ ।

 

‘विवाहको आश्वासन देखाएर पटक(पटक यौन सम्पर्क गरेपछि गर्भवती भएँ’ पीडित किशोरीले भनिन्, ‘पछिल्लो पटक गत बिहीबार विवाह गर्न काठमाडौं जाउँ भनेपछि खुशी खुशी जान तयार भएँ । तर, अस्पताल लगेर गर्भपतन गरायो ।’

 

आफूले नमान्दा संजयले बलजफ्ती गरेको र अस्पतालका स्वास्थ्यकर्मीहरुले पनि सघाएको पीडिच किशोरीले बताएकी छन् ।  गर्भपतन गरेपछि संजयले किशोरीलाई राजविराजस्थित कोठामा ल्याएर राखे । यता छोरी हराएको थाहा पाएपछि परिवारले खोजी थाल्यो र त्यही टोलका संजयले राजविराजस्थित कोठामा भेटिइन् ।

 

यसपछि संजयले आफ्नो घर लिएर गए । हल्ला गाउँभरी फैलियो । गाउँमा पञ्चायत बस्यो, जसले संजय र उनको परिवारले किशोरीलाई स्वीकार गर्ने सहमति भयो । तर, संजयकी आमाले नमानेको स्थानीयहरुले बताएका छन् ।

 

‘अहिले संजयकी आमाले आफ्नो श्रीमान् विदेशबाट आएपछि मात्रै केहि फैसला लिने बताइरहेकी छन्’ स्थानीय हरि यादवले भने, ‘एउटा अवोध बालिकालाई विवाहको प्रलोभन देखाएर जीवनसँग खेलबाड गरिएको छ ।’

 

संजय राजविराजमा बसेर ल्याब टेक्निसियन पढिरहेका छन् । पीडित परिवार भने किशोरीमाथि अन्याय भएको भन्दै राजविराज आएका छन् । उनीहरु उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेपछि डीएसपी भावेश रिमालले किशोरीलाई न्याय दिलाउने प्रतिबद्वता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...