सम्बन्धमा दरार उत्पन्न भएपछि कविताको हत्या, यसरी घटेको थियो घटना



 

कञ्चनपुरको कृष्णपुर नगरपालिका(८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या प्रकरणमा प्रहरी अनुसन्धानको करिब अन्तिम चरणमा पुगेको छ।

 

कृष्णपुर नगरपालिका(२ वाणीका २१ बर्षीय मदन गिरी, सोही वडाका २२ बर्षीय भरत बोहरालगायत केहि युवाहरुले कविताको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। घट्नाका मुख्य पात्र मदन र कविताको बीचमा पहिले देखि नै सम्बन्ध रहेको र त्यहि सम्बन्धका कारणले कविता मृत्युको मुखसम्म पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कविताको बलात्कारपछि हत्या गरेको आशंका भए पनि प्रहरी त्यसबारे अन्तिम निश्कर्षमा पुग्न सकेको छैन।

‘मदन र कविताको पहिले देखि नै सम्बन्ध रहेको खुलेको छ’ कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले भने,‘सम्बन्धमा के कारणले खटपट भयो र हत्यासम्मको योजना बन्यो त्यो बारेमा अनुसन्धान जारी छ।’ उनले सुरुमै मार्ने योजना जस्तो नदेखिए पनि सम्बन्धमा केहि कारणले खटपट भएपछि मदनले साथीहरु बोलाएर हत्या गरेको हुन सक्ने बताए।

 

मदन र भरत प्रहरी नियन्त्रणमा छन् भने घट्नामा अरुको पनि संलनता रहेको आशंका प्रहरीले गरेको छ। मदनलाई प्रहरीले कविताको बुबाले प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा असार ३१ गते ससुरालीबाट नियन्त्रणमा लिएको थियो। घट्नालगत्तै भारत गएका भरतलाई भने कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ७ लालपुरबाट पक्राउ गरिएको हो।

 

यसरी खुल्यो खट्नाको पोल

 

कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट असार २६ गते अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन्। सामान किनमेलमा गएकी छोरी सम्पर्क नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए।

 

कविता कैलालीको गेटामा रहेको सरस्वती मावीमा अध्ययनरत विद्यार्थी हुन्। कविताको साथी डम्बरी रोकायाले मदनले म २ प ५७१९ नम्बरको मोटरसाईकलमा राखेर लगेको भन्ने परिवारलाई जानकारी दिएपछि परिवारले सोही आधारमा किटानी जाहेरी दिएका हुन्। सोहि सुचनाका आधारमा मदनलाई लगेर प्रहरीले मध्यरातमा विष्टको हत्या गरी क्षतविक्षत अवस्थामा कृष्णपुर नगरपालिका–२ लालझाडी(मोहना वन क्षेत्रको अम्खैया खोला नजिक फालेको लास भेटाएको थियो। आफुहरुले कर्तव्य गरी हत्या गरेको अपराध लुकाउन प्रमाण लोप गराउने उद्देश्यले शवलाई जंगलको बीच भागमा रहेको गहिरो खोल्छामा फाली माथीबाट माटो र ढूंगाले पुरेको प्रहरीले जनाएको छ।

‘मदन, भरत, कविता, डम्बरी र अर्का एक युवक गरी पाँच जनाले २६ गते नै वाणीको एक होटलमा बसेर नास्तासमेत गरेको खुलेको छ’ कञ्चनपुर प्रहरी प्रवक्ता ज्ञानबहादुर सेटीले भने,‘नास्ता खाएर सबै त्यतैबाट छुटिएको खुलेको छ तर हत्या नै गर्ने योजना कसरी बन्यो त्यो भने खुल्न बाँकी छ।’ उनले करिव एक हप्ता भित्रै घट्ना बारे विस्तृत अनुसन्धान बाहिर आउने बताए।

 

स्रोतका अनुसार घट्नामा संलग्न अन्य दुई जना भारत पुगेकाले अनुसन्धानमा केहि ढिलो भइरहेको हो। प्रहरीले भने घट्नामा संलग्न अन्यलाई पनि चाँडै नियन्त्रणमा लिने जनाएको छ। कविताको हत्या प्रकरण पनि कैलालीको गौरीगंगा कि माया विकको घट्ना प्रकृति जस्तै देखिन्छ। मृतकको बुबा कर्ण बहादुर विष्टले घट्नामा संलग्न भनिएका मध्येका एक भरतले असार ३१ गते भारतीय नम्बरबाट फोन गरेर घट्ना बारे परिवारलाई जानकारी दिएको सुनाए।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति