विश्वप्रकाशले प्रचण्डलाई हाने यस्तो वाण,लासको राजनीतिको आरोप लाउनुअघि आफ्नो पृष्ठभूमि सम्झिनू



हाम्रो इकोनोमि

नेपाली कांग्रेसलाई लासको राजनीति गर्न खोजेको आरोप लगाएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले आफ्नो पृष्ठभूमि ख्याल गर्न सचेत गराएको छ ।

सोमबार दिउँसो पुष्पलाल स्मृति दिवसको कार्यक्रममा प्रचण्डले त्यस्तो आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रचण्डलाई आफ्नो व्यक्तित्व र पृष्ठभूमि हेर्न आग्रह गरेका हुन् ।

प्रचण्डले अनसनरत डा. गोविन्द केसीको उपचारसमेत गर्न नदिएर कांग्रेसले लासको राजनीति गर्न खोजेको आरोप लगाएका थिए । जवाफमा कांग्रेस प्रवक्ता शर्माले लासको राजनीतिको आरोप लाउनुअघि आफ्नो व्यक्तित्वको उचाइ र पृष्ठभमि हेक्का राख्न आग्रह गरेका हुन् ।

पूर्वप्रधानमन्त्री रहिसकेका र विगतमा १० वर्ष सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डलाई शर्माले भनेका छन् लासको राजनीतिझ आरोप लगाउनुअघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभूमि हेक्का राख्नुपर्थ्यो कि कमरेड ११’

शर्माले डा. केसीले अनसन नबसेर के बन्दुक उठाउनुपर्थ्यो कि भनेर पनि प्रश्न गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...