यौन प्रस्ताव अस्वीकार गरेपछि ६९ वर्षीया बृद्धाको हत्या, यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

यौन सम्पर्कको प्रस्ताव अस्वीकार गरेको भन्दै गुल्मीमा ६९ वर्षीया बुद्धाको हत्या भएको खुलेको छ ।

यौन प्रस्ताव अस्वीकार गरेपछि चन्द्रकोट गाउँपालिका(४ शान्तिपुर, डाँडा वनका ४२ वर्षीय गोकुल सार्कीले सोही ठाउँकी एक बृद्धाको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुरागकुमार द्धिबेदीले बताए ।

यही साउन ४ गते साँझ ७ वजे मदिराको मातमा गोकुलले बृद्धासँग यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार भएपछि बृद्धालाई मुक्का प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक द्धिबेदीको भनाइ छ ।

प्रहरी नियन्त्रणमा रहेका गोकुलले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि कन्चट र छातीमा मुक्का प्रहार गरी बृद्धाको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

 

घटनाबारे थप अनुसन्धान प्रकृया अगाडि बढाइएको एसपी द्धिवेद्धीले जानकारी दिए । मृतक बृद्धाका ३ छोरी र १ छोरा छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...