गेरुवस्त्रधारी र ठाडो चन्दन लगाएकालाई के मुद्दा, के विषय थाहा छैन त्यसै सडकमा कराउँदैमा समस्या सावधान हुन्छ



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेको व्यक्ति निषेधित क्षेत्र तोड्न पुगेकोमा प्रधानमन्त्री केपी ओलीले आश्चर्य व्यक्त गरेका छन् ।  नेकपाका संस्थापक नेता पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा सोमबार काठमाडौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधाननयायाधीश सुशीला कार्की केही दिनअघि निषेधित क्षेत्र तोड्न पुगेको प्रसंग कोट्याउँदै भने ‘अचम्म लाग्छ एउटा अनसनको मुद्दा बनायो ।

 

त्यो पनि गन्नुपर्छ यतिऔँ भनेर । के मुद्दा, के विषय ? थाहा छैन । तर, त्यहि अनसनको पक्षमा किसिम किसिमका मान्छे सडकमा आएको देखियो, अनौठा दृश्यहरु देखिए । कोही गेरुवस्त्रधारी, कोही ठाडो चन्दन लगाएका पनि गए ।’

 

उनले सर्वोच्च निकायमा बसेकाहरु नै त्यसरी सडकमा आएर निषेधित क्षेत्र किन तोड्न पाइँदैन ? तोड्नुपर्छ भन्न थाल्नुलाई अराजकताको पराकाष्ठा भएको टिपपणी गरे । ‘त्यसवेला उहाँले के भन्नुभएको छ ? मसँग त उहाँले सर्टिफिकेट हेर्न आउनुभएको थिएन’ नामै नलिइ प्रधानमन्त्री ओलीले भने ।

 

केही दिनअघि डा.केसीको मुद्धाप्रति ऐक्यवद्धता जनाउँदै पूर्वप्रधानन्यायधीश सुशीला कार्की, मावअधिकारवादी नेता कृष्ण पहाडी लगायत प्रदर्शनमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...