निर्वाचन जितेर आएको कम्युनिष्ट सरकारलाई लोकतन्त्रको पाठ नसिकाउन काँग्रेसलाई प्रधानमन्त्री ओलीको चेतावनी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको बताएका छन् ।

 

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले ‘पञ्चायतकालमा पनि कम्युनिष्टसँग मिलेर आफ्नो बहुमतको संसद् पुनःस्थापना गरौँ भन्दा राजतन्त्रसँग घाँटी जोडेर कारागार बस्न पनि तयार रहने’ कांग्रेसले अहिले निर्वाचन जितेर आएको कम्युनिष्टको सरकारलाई अधिनायकवादी भन्नु युक्तिसंगत नभएको बताए ।

 

“प्रतिक्रियावादी शक्तिहरु छिट्टै हड्बडाउँछन्, प्रतिपक्षमा हुनेबित्तिकै आत्तिन्छन् । जनताका बीचमा जाने र आफ्ना कुरा शालीन ढंगले राखेर हिंसात्मक दमनको पनि शान्तिपूर्ण प्रतिवाद गरेको अनुभव नेकपासँग छ तर काँग्रेसमा लोकतान्त्रिक प्रतिपक्षको अनुभव देखिएन” प्रधानमन्त्री ओलीले भने, “कांग्रेसले विगतमा सरकार चलाउँदा वामपन्थीलाई अनावश्यक रुपमा थुन्ने र शिक्षक कर्मचारीलाई बर्खास्त गरेको छ । देशै खाने काम आफ्नो हो भन्ठान्ने कांग्रेसले हामीलाई लोकतन्त्रको पाठ सिकाउन मिल्दैन ।”

 

लोकतन्त्र ल्याउन कम्युनिष्टहरुले जेलनेल गरेको इतिहास जीवितै रहेको बताउँदै मानव जीवनलाई सुखी बनाउन समृद्धि मात्र होइन सामाजिक न्याय पनि चाहिने भएकाले सरकार त्यस दिशातर्फ अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...