कानूनमन्त्री तामाङलाई कारबाही नगरे सडक र संसद ठप्प पार्ने कांग्रेसको चेतावनी, माफी र राजीनमाले मात्रै पुग्दैन



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन् ।  रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गरेर सांसदहरुले यस्तो माग गरेका छन् ।

 

कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले नारीको अस्मिता मिच्ने र कानूनको धज्जी उडाउने खालका अभिव्यक्ति दिने कानूनमन्त्री तामाङको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिन् ।  उनले भनिन्,‘वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाईरहेको छ, अधिनायवादी र अपहरणवादी शैलीमा आफ्ना क्रियाकलापहरु अघि बढाईरहेको छ, पछिल्लो समयमा प्रधानमन्त्री र मन्त्रीहरु के बोल्ने र के नबोल्ने ? भन्नेबारे जानकार छैनन्।’

 

सरकारकै मन्त्रीहरुले नारीहरुको अस्मितामाथि प्रश्नचिन्ह खडा गरिहरको आरोप लगाउँदै उनले थपिन्,‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली चेलीहरुले शरिर सुम्पेरमात्रै मार्कसिट प्राप्त गर्छन भन्नेजस्ता गैर–जिम्मेवार र अपमानपूर्ण अभिव्यक्तिहरुको सरकारले की पुष्टि गर्नुपर्यो, होईन भने जथाभाबी बोल्ने मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

 

त्यस्तै सांसद लक्ष्मी परियारले सरकारले कानून बमोजिम कानूनमन्त्रीलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने चेतावनी दिएकी छिन् ।

 

उनले भनिन्,‘सरकार, सरकारका मन्त्री र सरकारका आसेपासेहरुले कानून तथा नियमको ख्याल नगरी नारीको अस्मितामाथि धावा बोल्ने काम गरिहरको छन्, यो हामीलाई स्विकार्य छैन, २१ शताब्दीको महिलाका प्रगतिहरुलाई ओझेलमा पार्ने र हेपहा मनस्थितिले आएका गैर–जिम्मेवारपूर्ण अभिव्यक्तिहरुको हामी घोरभत्र्सना र बिरोध गर्दछौं, माफी र मन्त्रीको राजीनमाले मात्रै पुग्दैन, उनलाई कानुन अनुसार कडा सजाय हुनुपर्छ ।’

 

कार्यक्रममा अर्की सांसद विजया श्रेष्ठ केसीले कानूनमन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताएकी छिन् ।

 

उनले भनिन्,‘बंगलादेशमा पढ्न गएका नारीहरुले फेशबुकमा लेखेका छन्, हामी पढ्न आएका हौं, अस्मिता बेच्न आएका होईनौं, दोषीलाई कारबाही होस्, यस्ता शब्दहरुले हामीलाई पोलीरहेको छ, बंगलादेशका प्राध्यापकमाथि र नेपाली चेलीहरुमाथि उठेका प्रश्नहरुको उचित जवाफ सरकारले दिनु्पर्छ, यदि जवाफ दिन नसकेको खण्डमा हाम्रो आन्दोल उचित उत्तर नपाएसम्म जारी रहनेछ ।’

 

प्रदेश सभाका सांसदहरु निर्मला क्षेत्री, कल्पना नेपाली, राधा घले, महिला नेतृहरु रजनी जोन्छे, नानू बास्तोला शिवाकोटी, गंगा दाहाल, गंगा अधिकारी, सरु बानियाँ लगायतकले कानून मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कारबाही गर्न सरकारसमक्ष जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बिदाको दिनपनि सर्वोच्चमा सुनुवाई

    सर्वोच्च अदालत आज र भोलि आंशिक रुपमा खुला रहने भएको छ...

रासायनिक मलको अभाव नहुने सरकारको दाबी

    नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल...

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

    सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ...

चोरेरै ६ करोडको सम्पत्ति, प्रेम थारू कारागार चलान

  चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान...