झारफुक गरिदिन्छु भन्दै १२० महिला बलात्कार गर्ने झाक्री प्रहरीको फन्दामा , अब उनलाई यस्तो हुन्छ सजाय



हाम्रो इकोनोमि

परम्परा अनुसार नै पुजारी भन्दै सम्मान गर्ने समाजले पछुताउन थालिसकेका छन्। जनविश्वासकै आधारमा धामी झाँक्री तथा पुजारीहरु सबै राम्रै नियतका हुँदैनन्। कतिपयको नराम्रो नियत नै हुन्छ ।

त्यस्तै घटना भारतको हरियाणाको फतेहाबाद जिल्लामा एक तान्त्रिक पुजारी अमर पुरीलाई प्रहरीले पक्राउ गरेको छ । ‘अमरपुरी’ नाम गरेका पुजारी १२० जना महिलासँग जबरजस्ती सम्बन्ध बनाएको आरोप लागेको छ ।

अमरपुरी प्रेतबाधाको नाममा महिलालाई फसाउथे र तन्त्र विद्याका बीचमा नशायुक्त औषधि खुवाउथे । बेहोस भएका महिलालाई बलात्कार गर्थे । त्यति मात्रै होइन् बलात्कार गरेसंगै ती पुजारी भिडियो बनाउँथे ।

त्यसपछि तिनै महिलालाई भिडियोको माध्यमबाट व्ल्याकमेल गर्दै आर्थिक र शारीरिक शोषण गर्ने गरेको प्रहरीले बताएको छ । अमरपुरीमाथि ९ महिना पहिला एक महिलाले बलात्कारको आरोप प्रहरीकहाँ दर्ता गरेकी थिइन्। त्यसपछि उनी पक्राउ परेका परेका हुन्।

तान्त्रिक अमरपुरीले महिलासँग शारीरिक सम्बन्ध बनाएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएका थिए । यसपछि अमरपुरीलाई पक्राउ गरिएको थियो ।

प्रहरीले अमरपुरीका साथबाट १२० भिडियो फेला पारेको छ जसमा महिलासँग शारीरिक सम्बन्ध राखिएको भिडियो रहेको छ। पुजारीको कोठाबाट नशालु औषधि र तन्त्र मन्त्रका सामान प्रहरीले फेला परेको छ । त्यसपछि उनी कस्ता पुजारी हुन् भनेर देशव्यापी चर्चा भएको हो ।

प्रहरीका अनुसार अमरपुरीको कोठामा तीन ढोका थिए । उनले गोप्य रुपमा महिलालाई आफ्नो कोठामा लैजान्थे । उनको कोठामा सीसीटीभी क्यामेरा जडान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...