विश्वकै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने महाँअभियानमा आउन साना दलहरुलाई प्रचण्डको आह्वान



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन पूराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन् ।

 

अध्यक्ष दाहालले देश र जनताको ऐतिहासिक आवश्यकता परिपूर्ति गर्न र विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन पनि एकतामा आवद्ध नभएका कम्युनिष्ट पार्टी र नेताहरुलाई एकताको महाअभियानमा सहभागी हुन विशेष अपिल गरेका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिक्रान्तिकारी शक्तिहरु सल्बलाईरहेको भन्दै सचेत रहन र पार्टी भित्रको एकतालाई अझै सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका हुन् ।

 

अध्यक्ष दाहालले प्रतिक्रान्तिकारीको षडयन्त्रलाई निष्तेज पार्न क्रान्तिकारी शक्तिहरु सधैं सचेत रहनुपर्नेमा पनि जोड दिए । उनले मुलुकलाई समृद्ध बनाउने अभियान र कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानका विरुद्ध षडयन्त्र भइरहेको दावी गर्दै त्यसलाई गहिरोसँग आत्मसात गरेर जनतासँगको सम्बन्धलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यक्ता औंल्याए ।
त्यस अवसरमा अध्यक्ष दाहालले पुष्पलाल श्रेष्ठको योगदानको पनि चर्चा गरे ।

 

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहदेखि केन्द्रसम्म सुशासनको प्रत्याभूति दिलाउने काममा पार्टीको सिंंगो शक्ति परिचालन हुनुपर्नेमा जोड दिए । उनले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीले ठूलो सफलता हात पारेको उल्लेख गर्दै त्यसलाई जोगाउन नसके त्यसले क्यान्सरको रुप लिन सक्ने तर्फ पनि सचेत गराए ।

 

वरिष्ठ नेता नेपालले पार्टीको वर्चश्व रहेको स्थानीय तहमा भ्रष्टाचार मौलाएको गुनासो आउने गरेको भन्दै त्यसलाई बेलैमा नियन्त्रण गर्न पनि जोड दिनुपर्ने आवयक्ता औंल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...