नेकपाका कार्यकर्ताले नै ओलीको राजीनामा माग्नेछन् – प्रदीप पौडेल



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सत्तासीन नेकपाका कार्यकर्ताहरुले नै अब प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने ठोकुवा गरेका छन् । नेपालगञ्जमा सोमवार बिहान पत्रकारहसँगको भेटमा पौडेलले सरकारका पछिल्ला काम कार्वाहीका कारण नेकपाका कार्यकर्ताहरु नै रुष्ट भएकाले अब ओलीको राजीनामा निर्विकल्प रहेको बताएका हुन् ।

 

 

सरकारका पछिल्ला गतिविधिका कारण विश्व समुदाय माझ नै नेपालको छवि धमिलो भएको पौडेलको भनाइ थियो । चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डाक्टर गोविन्द केसीलाई राजधानीमा ल्याउन सरकारले जुम्लामा देखाएको ताडण्व नृत्यले जंगली युगको झल्को दिएको पौडेलको आरोप थियो । “माथेमा आयोगको प्रतिवेदनलाई तोडमोड गरेर वर्तमान सरकार केवल माफिया पोस्ने दाउमा लागेको छ” पौडेलले भने ।

 

 

तरुण दलको शान्तिपूर्ण प्रदर्शनमा बर्बर दमन गरी सरकारले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधान प्रदत्त हक छिनेको पौडेलले बताए । नेपाली नारीको अस्मितामा ठाडो प्रहार हुने गरी कानून मन्त्री शेरबहादुर तामाङबाट आएको निर्लज्ज अभिव्यक्तिको कडा शब्दमा भत्सर्ना गर्दै पौडेलले भने, “मन्त्री तामाङले माफी माग्नुको अब कुनै तूक छैन, उनले तुरुन्त पदबाटै राजीनामा दिनुपर्छ ।”

 

 

विश्वविद्यालयका प्राध्यापकलाई छापामार शैलीमा विमानस्थलबाटै पक्राउ गर्ने, चिकित्सकलाई  अस्पतालबाटै अपहरण गर्ने, प्रश्न सोधेकै भरमा पत्रकारको जागिर खोस्ने, निषेधित क्षेत्र तोक्ने जस्ता काम गरेर वर्तमान सरकारले अधिनायकवादी चरित्र उदाङगो पारेको पौडेलले बताए । सस्तो लोकप्रियताका लागि यातायात तथा निर्माण क्षेत्रको सिण्डिकेट तोडेको बताउने वर्तमान सरकारले अन्तत सिण्डिकेट प्रणालीलाई नै बलियो बनाएको पौडेलको भनाइ थियो ।

 

समृद्धिको नारा दिएर नथाक्ने वर्तमान सरकारले अनावश्यक तरिकाले करको दायरा बढाई सबै क्षेत्रमा महंगी बढाएर आम जनताको ढाड सेक्ने काम गरेको पौडेलले बताए ।

 

फोहोरमैला व्यवस्थापन तथा जीर्ण सडक मर्मत गर्न नसक्ने सरकारले वर्षमा ४० लाख पर्यटक ल्याउँछु भन्नु हावादारी गफ सिवाय केही नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...