चौतर्फी प्रहारपछि ओलीको प्रतिरक्षाका लागि यस्तो छ रणनीति, प्रतिरक्षा नगरेको भन्दै पार्टी नेतृत्वसँग भए क्रुद्ध



हाम्रो इकोनोमि

सरकारमाथि चौतर्फी आक्रमण भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली प्रतिरक्षा रणनीति बनाउने तयारीमा लागेका छन्। उनले यसको शुरुवात नेकपा निकट चिकित्सकहरूबाट शुरु गरेका छन्।

यही रणनीति बनाउन उनले आइतबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट चिकित्सकसँग छलफल गरे। डा गोविन्द केसीको अनशनलाई लिएर सरकारमाथि आक्रमण भएको विषयमा उनले छलफल गरेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले उक्त भेटको पुष्टी गरे।

केही दिनअघि बसेको पार्टी स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले सरकारमाथि चौतर्फी आक्रमण हुँदा पनि पार्टीका नेताहरूले बचाउ नगरेको बताउँदै असन्तुष्टि पोखेका थिए। अर्का अध्यक्ष प्रचण्डले पनि सरकारको आलोचना जनस्तरबाट भएको भए पनि बचाउ गर्न निर्देशन दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...