नारायणगढ-मुग्लिन सडकमा अब सुरक्षा उपकरण



हाम्रो इकोनोमि

सडक सुरक्षाको उपकरण उत्पादन गर्ने चिनियाँ एक कम्पनीले नारायणगढ–मुग्लिन सडक खण्डको दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार चीनको सिचुवानमा रहेको च्याङ्डु जिकुवान हाइवे फ्यासिलिटी म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेडले ५०० मिटर सडकको किनारमा निःशुल्क रुपमा केवल बेरियर सिस्टम जडान गरिदिएको हो । मुग्लिन नजिकै स्याउलीमा २०० मिटर र पाँच किलोमा ३०० मिटर केवल बेरियर सिस्टम जडान गरिएको हो ।

नेपालमा पहिलो पटक जडान गरिएको सो केवल विश्वका अन्य राष्ट्रहरुमा प्रयोग हुँदै आएको छ भने ३० टनसम्मको सवारी साधनलाई रोक्न सक्ने क्षमता भएकाले यो पद्धति उपयुक्त हुने उनले बताए । झण्डै ४० हजार डलरबराबरको काम चिनियाँ कम्पनीले निःशुल्क गरिदिएको हो ।

नेपालमा यस्ता सडकमा प्रयोग हुने स्टिलको पाताबाट गरिने डब्लुबिएम पद्धतिभन्दा आधा सस्तो हुने र मर्मत गर्न सहज हुने जानकारी दिँदै इञ्जिनियर खनालले नेपालमा हालसम्म डब्लु बिएम मेटल क्र्यास बेरियर र न्यू जर्सी क्र्यास बेरियर प्रयोग गर्ने गरिएको बताए । हाल रहेका बारले ठूलो क्षमताका सवारी साधनलाई धान्न नसक्ने भएकाले समय समयमा दुर्घटना हुने गरेको थियो । नारायणगढ–मुग्लिन सडक विस्तार अन्तिम चरणमा पुगेको र यतिबेला सडक सुरक्षाका काम भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...