डा. बाबुराम भट्टराई सत्याग्रह छोडेर यसकारण जादैछन् युरोप,त्यहाँ के- के गर्दैछन्



हाम्रो इकोनोमि

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आइतबार रुस जाँदै छन् । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमाभईरहेको सत्याग्रह छोडेर तीन साता लामो रुस सहित युरोप भ्रमणमा निस्कन लागेका हुन । उनको निजी सचिवालयले ‘प्राज्ञिक भ्रमणका लागि’ जान लागेको जनाएको छ ।

उनी रुस हुँदै युरोपका स्विडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटलीसहित अन्य देश पुग्नेछन् । ‘उहाँले सम्भव भएसम्म प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट तथा अन्तरक्रियारछलफल गर्नुहुनेछ’, उनको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘यो भ्रमणलाई उहाँले सकेसम्म आफ्नो ज्ञानको दायरा फराकिलो पार्ने र आफ्नो अनुभव आदानप्रदान गर्नमा उपयोग गर्नुहुनेछ ।’

भ्रमणका क्रममा भट्टराई गैह्र आवासीय नेपाली संघको निमन्त्रणामा साउन १३ गतेदेखि लक्जमवर्गमा हुने गैह्र आवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठकमा पनि सहभागी हुनेछन् ।

भट्टराईसँग उनकी पत्नीसमेत रहेकी नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी पनि हुनेछिन् । भ्रमण पूरा गरी उनीहरू साउन २३ गते काठमाडौं फर्कनेछन् ।

 

प्रतिक्रिया दिनुहोस
ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिव, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिवको उम्मेदवार

    नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष...

एमाले महाधिवेशनको उम्मेदवारी दर्ता फारम वितरण

    काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको...

ओली पक्षका पदाधिकारीबारे छलफल, महासचिवमा प्रदिप ज्ञवालीको अडान

    नेकपा एमालेको ११ औँ महाधिवेशनबाट नेतृत्व चयनका प्रक्रिया शुरु हुनलाग्दा संस्थापन...

म अब चुनाव लड्दिनँ – अष्टलक्ष्मी शाक्य

  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । भृकुटीमण्डपमा...