डा. बाबुराम भट्टराई सत्याग्रह छोडेर यसकारण जादैछन् युरोप,त्यहाँ के- के गर्दैछन्



हाम्रो इकोनोमि

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आइतबार रुस जाँदै छन् । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमाभईरहेको सत्याग्रह छोडेर तीन साता लामो रुस सहित युरोप भ्रमणमा निस्कन लागेका हुन । उनको निजी सचिवालयले ‘प्राज्ञिक भ्रमणका लागि’ जान लागेको जनाएको छ ।

उनी रुस हुँदै युरोपका स्विडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटलीसहित अन्य देश पुग्नेछन् । ‘उहाँले सम्भव भएसम्म प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट तथा अन्तरक्रियारछलफल गर्नुहुनेछ’, उनको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘यो भ्रमणलाई उहाँले सकेसम्म आफ्नो ज्ञानको दायरा फराकिलो पार्ने र आफ्नो अनुभव आदानप्रदान गर्नमा उपयोग गर्नुहुनेछ ।’

भ्रमणका क्रममा भट्टराई गैह्र आवासीय नेपाली संघको निमन्त्रणामा साउन १३ गतेदेखि लक्जमवर्गमा हुने गैह्र आवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठकमा पनि सहभागी हुनेछन् ।

भट्टराईसँग उनकी पत्नीसमेत रहेकी नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी पनि हुनेछिन् । भ्रमण पूरा गरी उनीहरू साउन २३ गते काठमाडौं फर्कनेछन् ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...