तिनाउमा मोटरसाइकल खस्दा, दुई जनाको मृत्यु



हाम्रो इकोनोमि

बुटवलमा ट्रकको ठक्करबाट मोटरसाईकल खसेपछि दुई जनाको घटनास्थलमैं मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ दोभानबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ट्रक १००८ ट्रकले अगाडि गुडिरहेको लु२१प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवारी दुबै जनाको शव तिनाउ खोलाको छेउमा रहेको छ ।

ठूलो भीरको दुई सय मिटर तल खोलाको छेउमा पुगेकाले निकाल्न केही कठिनाई भएको छ । डोरीको सहायताबाट शव निकाल्ने तयारी गरिएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको घिमिरेले बताए । दुर्घटनाग्रस्त मोटरसाइकल सडक छेउमा अड्किएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...