हतियार र पैसाको भरमा सत्ता नटिक्ने भन्दै पौडेल यसरी गर्जिए



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हतियार प्रयोग गरेर सत्ता चलाउने कुरा धेरै नटिक्ने बताएका छन् । शनिबार माइतघर मण्डलमा भएको प्रदर्शनका क्रममा भएको झडप लगायतका अन्य सरकारका गतिविधिप्रति लक्षित गर्दै उनले सरकार निरंकुशतातिर जाँदै गरेको बताए ।

आइतबार बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘डा। गोविन्द केसीले जुन माग उठाउनु भएको छ, त्यसको पछाडि एउटै कुरा छ( गुणस्तरीय शिक्षा दुरदराजको गाउँमा पुगोस् । तर, सरकारले उनको मागलाई विल्कुलै उपेक्षा गरेको छ ।’

‘सरकार जनहितको मागलाई विल्कुलै उपेक्षा गरेर दमन गरेर सत्ता चलाउन चाहन्छ’, उनले थपे, ‘तर, दमनकारी हतियारले सत्ता चलाउने कुरा धेरै टिक्दैन ।’

‘सरकार जे व्यबहार गर्दैछ, त्यो संघीय लोकतान्त्रिक संविधानलाई बल मिल्ने खाल्को छैन’, पौडेलले भने, ‘उनीहरु आफूलाई समाजवादी भन्छन् । तर, के उनीहरु साँच्चै समाजवादतिरै अगाडि बढेका छन् त रु जनतालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी पुर्‍याउने कुरामा के सरकार अगाडि बढेको छ रु’

अर्को प्रसंगमा उनले बीपीको सपनालाई साकार पार्ने काममा धेरबहुत काम गरेको बताए । ‘हामीमा केही कमी छन् होला । त्यसलाई विश्लेषण, मूल्यांकन कार्यकर्ताले पनि गर्न सक्नुपर्छ’, उनले भने, ‘नेताले कार्यकर्ताको गर्न सक्नुपर्छ, कार्यकर्ताले नेताको मूल्यांकन, विश्लेषण गर्न सक्नुपर्छ ।’

उनले बीपी आर्थिक मामलामा अत्यन्त वितव्ययी र स्वच्छ भएको स्मरण गरे । ‘बीपीलाई राजाले पनि चार्ज लगाउन सकेनन् । किनभने उहाँमा खोट लगाउने ठाउँ थिएन’, उनले भने, ‘त्यसवेला राजाका पत्रपत्रिकाहरुले प्रधानमन्त्री स्वच्छ भए पनि कतिपय मन्त्रीले बदमासी गरे भनेर लेखेको कुरा अहिले पनि मेरो स्मरणमै छ ।’

उनले पैसाको राजनीति नेपाली कांग्रेसले अन्त्य गर्नु पर्ने बताए । ‘पैसाको राजनीति हाम्रो पार्टीले निरुत्साहित गर्नुपर्छ । त्यसो भयो भने हामी बीपीप्रति सच्चा अनुयायी हुनेछौं’, पौडेलले थपे ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...