तरुण दलले मुलुकभर आन्दोलन चर्काउने, ७७ वटै जिल्ला प्रशासन कार्यालय घेर्ने



हाम्रो इकोनोमि

 

तरुण दलले प्रहरी हस्तक्षेपको विरोधमा मुलुकभर आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

शनिबार राजधानीमा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरि कुटपीटमा उत्रिएको भन्दै तरुण दलले त्यसको विरोधमा आईतबार ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ गर्ने भएको हो ।

नयाँ बानेश्वर झडपमा घाईते भएकालाई भेट्न सिभिल अस्पताल पुगेका तरुण दलका उपमहासचिव दिनेश विक्रम शाहले प्रहरी दमनको विरुद्ध आन्दोलन चर्काउने बताएका हुन् ।

दुई तिहाईको दम्भमा सरकारले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी लगाएर दमन गरेको भन्दै उनले त्यस विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीले अस्पतालमा उपचाररत घाईतेहरुले जनताको आवाज दवाउन ओली सरकार प्रयत्नरत रहेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने बताए ।

घाईते तरुण दल कामाडौं निर्वाचन क्षेत्र नम्बर ९ का अध्यक्ष अमिर खड्काका अनुसार, अध्यक्ष जीतजंग बस्नेतसहति १ सय ५० बढी घाईतेले सिभिल अस्पतालमा उपचार गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...