तरुण दलले मुलुकभर आन्दोलन चर्काउने, ७७ वटै जिल्ला प्रशासन कार्यालय घेर्ने



हाम्रो इकोनोमि

 

तरुण दलले प्रहरी हस्तक्षेपको विरोधमा मुलुकभर आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

शनिबार राजधानीमा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरि कुटपीटमा उत्रिएको भन्दै तरुण दलले त्यसको विरोधमा आईतबार ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ गर्ने भएको हो ।

नयाँ बानेश्वर झडपमा घाईते भएकालाई भेट्न सिभिल अस्पताल पुगेका तरुण दलका उपमहासचिव दिनेश विक्रम शाहले प्रहरी दमनको विरुद्ध आन्दोलन चर्काउने बताएका हुन् ।

दुई तिहाईको दम्भमा सरकारले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी लगाएर दमन गरेको भन्दै उनले त्यस विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीले अस्पतालमा उपचाररत घाईतेहरुले जनताको आवाज दवाउन ओली सरकार प्रयत्नरत रहेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने बताए ।

घाईते तरुण दल कामाडौं निर्वाचन क्षेत्र नम्बर ९ का अध्यक्ष अमिर खड्काका अनुसार, अध्यक्ष जीतजंग बस्नेतसहति १ सय ५० बढी घाईतेले सिभिल अस्पतालमा उपचार गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...