बानेश्वर झडपपछि ओली सरकारलाई देउवाको कडा चेतावनीः आईन्दा यस्तो नहोस्



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण प्रर्दशनमा सरकारले हस्तक्षेप गरेर अमानविय चरित्र देखाएको भन्दै घटनाको भत्र्सना र निन्दा गरेका छन् ।

 

प्रहरीसँगको झडपमा घाईते भई उपचार गराईरहेका तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायत घाईतेहरुलाई भेट्न मिनभवनस्थित सिभिल अस्पताल पुगेका सभापति देउवाले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको निन्दा गरेका हुन् ।

 

सरकारले अपराधपूर्ण तरीकाले तरुणदलका अध्यक्षसहित आफ्ना कार्यकर्तामाथि कुटपीट गर्ने काम गरेको दाबी गरे । उनले घटनाको निन्दा एवं घोर भत्र्सना गर्दै आईन्दा यस्तो काम बन्द गर्न पनि सरकारलाई चेतावनी दिए ।

 

पूर्व घोषित कार्यक्रम अनुसार शनिबार दिउँसो तरुण दलले अनसरनरत डाक्टर गोविन्द केसीको मागमा ऐक्यवद्धता तथा सरकारको विरोधमा गरेको प्रर्दशनका क्रममा नयाँ वानेश्वरमा प्रहरीसँग झडप हुँदा तरुण दलका अध्यक्ष बस्नेतसहित तीन दर्जन बढी घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...