यसरी पक्राऊ परे घुसे खाने कर्मचारी, ७० हजार नगदसहित पक्राऊ



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रु ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई हिजो साँझ पक्राउ गरेको छ ।

राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियारको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले पक्राउ गरेको हो ।

टोलीका प्रमुख प्रहरी निरीक्षक राजन कार्कीले मण्डलको साथवाट घुसबापत लिएको नगद रु ७० हजार बरामद भएको जानकारी दिए ।

सकरपुरामा सडक निर्माणको योजना मिलाई दिएबापत मण्डलले उपभोक्ता समितिबाट कमिसनबापत उक्त रकम लिएको अख्तियारको टोलीले जनाएको छ ।

अख्तियारको टोलीले मण्डललाई अनुसन्धानका लागि इटहरीस्थित सम्पर्क कार्यालयमा लगेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिव, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिवको उम्मेदवार

    नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष...

एमाले महाधिवेशनको उम्मेदवारी दर्ता फारम वितरण

    काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको...

ओली पक्षका पदाधिकारीबारे छलफल, महासचिवमा प्रदिप ज्ञवालीको अडान

    नेकपा एमालेको ११ औँ महाधिवेशनबाट नेतृत्व चयनका प्रक्रिया शुरु हुनलाग्दा संस्थापन...

म अब चुनाव लड्दिनँ – अष्टलक्ष्मी शाक्य

  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । भृकुटीमण्डपमा...