वानेश्वरमा प्रदर्शनकारीले छानी छानी ३ मन्त्रीका गाडी फुटाए, यस्तो भो रणभुमी



हाम्रो इकोनोमि

 

राजधानीको नयाँ वानेश्वरमा  कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा  प्रदेश नम्बर २, ३ र ४ का तीन मन्त्रीको गाडीमाथि तोडफोड भएको छ ।

 

प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री  नवल किशाेर शाह काे बा १ झ ७२३४ नम्बरको गाडीमा तोडफोड  गरेका हुन् । यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री  नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडीमा पनि क्षति पुगेकाे छ ।  उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।

 

सातवटै प्रदेशका  सामाजिक विकासमन्त्रीको बैठकमा सहभागि हुन आएका उनीहरु राजधानीको इन्द्रेणी फुडल्याण्डमा सो गाडी रोकेर बसेकोमा माइतीघरतर्फबाट नयाँ वानेश्वरतर्फ अघि बढेका तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए । तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर  इन्द्रेणी फुडल्याण्डकै बा११च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।

 

तरुण दलका कार्यकर्ता तोडफोडमा उत्रिएपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास र लाठीचार्ज गरेको थियो । सो क्रममा दुई पक्षीय झडप हुँदा तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर प्रहरी इन्सपेक्टर खेम नेपाल घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

उनको  नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । यस्तै तरुण दलतर्फपनि  केहि कार्यकर्ता घाइते भएको बताइएको छ ।

डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै  तरुण दलले प्रदर्शन गरेको हो ।

यसैबीच चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै विभिन्न अधिकारवादी संघ संस्था लगायतले अर्को प्रर्दशन पनि गरेका छन् ।  सो प्रदर्शन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएको छ ।

 

प्रदर्शनमा विवेकशिल साझा पार्टीका रविन्द्र मिश्र, पुर्व प्रधानन्यायाधीश शुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, नयाँ शक्ति पार्टीका हिसिला यमी, करिष्मा मानन्धर लगायत अधिकारकर्मी, कानुनव्यवसायी, नागरिक समाजका अगुवा तथा डाक्टर केसीका समर्थकहरु सहभागी भएका थिए ।

 

प्रर्दनशकारीले माथेमा प्रतिवेदन कार्यान्वय गर, डाक्टर केसीको माग पुरा गर भन्ने प्ले कार्ड लिएका थिए । डाक्टर केसीको मागमा ऐक्यद्धता जनाउदै प्रर्दशनमा सहभागी भएका समर्थकले ‘‘हाम्रो स्वास्थ्य हाम्रो, हात डाक्टर केसीलाई समर्थन, गुणस्तरीय शिक्षाको पहुँच कायम गर ” लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...