सरकारको होइन, डा. केसीको शैली अधिनायकवादीः उपप्रधानमन्त्री पोखरेल



हाम्रो इकोनोमि

 

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले चिकित्सा शिक्षा सुधारका नाममा अनशन बसेर डा. गोविन्द केसीले गलत अभ्यास गरेको आरोप लगाएका छन् । उनले केसीको कार्यशैली सर्वसत्तावाद र अधिनायकवादी भएको भन्दै सच्याउन आग्रह गरे ।

 

‘डा. केसीले आफना माग पूरा गराउन अधिनायकवादी तरिका अपनाउनु भएको छ,’ केसीसँग वार्ता गर्न सरकारी पक्षले उदासीनता देखाएको आरोप लागिरहेका बेला उपप्रधानमन्त्री पोखरेलले भने, ‘कुनै एक व्यतिmले आफ्ना माग पूरा गर्ने नाममा विधि र प्रक्रिया मिच्छ भने त्यो मान्य हुँदैन ।’

 

उपप्रधानमन्त्री पोखरेलले डा. केसी राजनीतिक स्वार्थ समूहको शिकार बन्ने खतरा बढेको भन्दै त्यसबाट जोगाउन जरुरी रहेको औंल्याए । उनले केसी स्वास्थ्य, शिक्षासँग सम्बन्धित मुद्दाबाट या राजनीति केबाट प्रेरित भएको हो भन्ने प्रश्न गर्दै शुरुमा त्यो प्रष्ट हुनुपर्ने बताए ।

 

पोखरेलले वार्ता र संवादमा सरकार नभएर केसी उदासीन भएको आरोप लगाए । केसीको माग पूरा गर्ने काम जनताबाट निर्वाचित जनप्रतिनिधिको भएकाले केसीले वार्तामा बस्न आनाकानी गर्न नहुने तर्क उपप्रधानमन्त्री पोखरेलको छ ।

 

पोखरेलले डा. केसीका माग एक, दुई, तीन गरेर सम्बोधन गर्ने खालको नभएको समेत प्रष्ट पारे ।

शिक्षा र स्वास्थ्य राष्ट्रियकरण गर्नु पर्ने भनेर हल्ला मात्र भएको मन्त्री पोख्ररेलले जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य जनताको आधारभूत आवश्यता भएकाले त्यो पूरा गर्न जनताको अधिकार स्थापित गर्न सरकार तयार रहेको जानकारी दिए ।

उनले सरकारले ल्याएको स्वास्थ्य शिक्षा विधयेकमा संशोधन आवश्यक भए संसदबाट गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...