सरकारको होइन, डा. केसीको शैली अधिनायकवादीः उपप्रधानमन्त्री पोखरेल



हाम्रो इकोनोमि

 

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले चिकित्सा शिक्षा सुधारका नाममा अनशन बसेर डा. गोविन्द केसीले गलत अभ्यास गरेको आरोप लगाएका छन् । उनले केसीको कार्यशैली सर्वसत्तावाद र अधिनायकवादी भएको भन्दै सच्याउन आग्रह गरे ।

 

‘डा. केसीले आफना माग पूरा गराउन अधिनायकवादी तरिका अपनाउनु भएको छ,’ केसीसँग वार्ता गर्न सरकारी पक्षले उदासीनता देखाएको आरोप लागिरहेका बेला उपप्रधानमन्त्री पोखरेलले भने, ‘कुनै एक व्यतिmले आफ्ना माग पूरा गर्ने नाममा विधि र प्रक्रिया मिच्छ भने त्यो मान्य हुँदैन ।’

 

उपप्रधानमन्त्री पोखरेलले डा. केसी राजनीतिक स्वार्थ समूहको शिकार बन्ने खतरा बढेको भन्दै त्यसबाट जोगाउन जरुरी रहेको औंल्याए । उनले केसी स्वास्थ्य, शिक्षासँग सम्बन्धित मुद्दाबाट या राजनीति केबाट प्रेरित भएको हो भन्ने प्रश्न गर्दै शुरुमा त्यो प्रष्ट हुनुपर्ने बताए ।

 

पोखरेलले वार्ता र संवादमा सरकार नभएर केसी उदासीन भएको आरोप लगाए । केसीको माग पूरा गर्ने काम जनताबाट निर्वाचित जनप्रतिनिधिको भएकाले केसीले वार्तामा बस्न आनाकानी गर्न नहुने तर्क उपप्रधानमन्त्री पोखरेलको छ ।

 

पोखरेलले डा. केसीका माग एक, दुई, तीन गरेर सम्बोधन गर्ने खालको नभएको समेत प्रष्ट पारे ।

शिक्षा र स्वास्थ्य राष्ट्रियकरण गर्नु पर्ने भनेर हल्ला मात्र भएको मन्त्री पोख्ररेलले जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य जनताको आधारभूत आवश्यता भएकाले त्यो पूरा गर्न जनताको अधिकार स्थापित गर्न सरकार तयार रहेको जानकारी दिए ।

उनले सरकारले ल्याएको स्वास्थ्य शिक्षा विधयेकमा संशोधन आवश्यक भए संसदबाट गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...