डलरको भाउ ११० रुपैयाँ पुग्यो झन कमजोर बन्दै नेपाली मुद्रा



हाम्रो इकोनोमि

पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रीदर १ सय १० रुपैयाँ ७८ पैसा तोकेको छ । राष्ट्र बैंकले डलरको खरिददर भने १ सय १० रुपैयाँ १८ पैसा तोकेको छ ।

यसअघि बिहीबार अमेरिकी एक डलरको खरिददर १ सय ९ रुपैयाँ ५० पैसा कायम गरिएको थियो भने बिक्रीदर १ सय १० रुपैयाँ १० पैसा रहेको थियो ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत कमजोर भएको हो ।

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकारात्मक असर पर्न सक्ने अर्थविद्हरुले बताउदै आएका छन् । डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महंगो हुन पुग्छन् ।

नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ । तर भारतमै पनि अमेरिकी डलरको तुलनामा भारु सस्तो हुँदा हुने महँगी यता सर्न सक्ने विज्ञहरु बताउछन् । तर डलरको भाउ बढ्दा केही फाइदा पनि हुने गर्दछ । विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानीमा वृद्धि हुन्छ ।

अर्कोतर्फ वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई पनि यसले फाइदा पुग्ने हुन्छ । कयौंले विदेशमा कमाएको पैसा विदेशी मुऽामा नेपाल पठाउँछन् । डलरको भाउ बढ्दा उनीहरुले नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...