सेवा रोक्न नहुने भन्दै शिक्षण अस्पतालमा नर्सले डाक्टर कुटे



हाम्रो इकोनोमि

शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहानैदेखि चिकित्सकहरूबीच नै दोहोरो भनाभन चल्यो । बिरामी भर्ना भएको वाडैपिच्छे केसी समर्थक चिकित्सक सेवा बन्द गराउँदै थिए । उता सरकारले पनि हरेक वाडमा प्रहरी तैनाथ गरेको थियो ।

केही चिकित्सकले बिरामीलाई सेवा दिन नसक्ने बताउन थालेपछि नर्सहरूले भने सेवा रोक्न नहुने बताए । यही कुरामा दुई पक्षबीच भनाभन भयो । भनाभनकै क्रममा नर्सहरूले चिकित्सकको कठालो समाए । प्रहरीले पनि रोक्न सकेन । नर्सहरूले लछारपछार गर्दै चिकित्सकलाई अस्पतालको कम्पाउन्डसम्म पु(याए । प्रहरीको उपस्थितिमा दिनभर सेवा सञ्चालन भयो, बन्द गराउनेहरू अस्पताल हाताबाहिर रहे ।

डा। गोविन्द केसीको अनशनको विषयलाई लिएर चिकित्सकहरूबीच नै ध्रुविकरणभएको छ । केसीको माग सम्बोधन गराउन देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णयसँगै चिकित्सकहरू दुई ध्रुवमा विभाजित भएका हुन् ।

डा। केसीको माग सम्बोधन गर्न सरकार उदासीन भएको भन्दै संघले बिहीबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयमा कांग्रेसनिकट चिकित्सकबाहेक अरूले अस्वीकार गरेपछि देशभरका अस्पतालमा आंशिक प्रभाव प(यो ।

शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र पाटन अस्पतालमा बिरामीलाई सामान्य सेवा दिइयो । शिक्षण अस्पतालले दिनभर सामान्य सेवा सञ्चालन भएको बतायो । यस्तै पाटन र वीरमा पनि सामान्य रूपमा सेवा सुचारु रह्यो । धादिङबाट उपचार गर्न शिक्षण अस्पताल महाराजगन्ज आएकी सरिता धमलाले ढिलै भए पनि सेवा पाएको बताइन् । ‘बिहान केहीबेर लफडा भएको थियो, त्यसपछि आन्दोलनकारी अस्पतालबाट लखेटिए र सेवा सुरु भएपछि जाँच गराएँ,’ उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...