सरकारी कर्मचारीको तलब अब स्थानीय तहबाटै



सरकारले आर्थिक वर्ष २०७५र७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक पठाउने भएको छ ।

स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

“सरुवा गरिएका कर्मचारीले सम्बन्धित स्थानीय तहमा नजाने भएकाले पारिश्रमिक यो आर्थिक वर्षदेखि कर्मचारी जहाँ सरुवा भएका छन् त्यहीँ नै पठाउने गरेका छौँ”, उनले भने, “पारिश्रमिक पठाउँदा अनिवार्य कर्मचारी जाने भएकाले कर्मचारीलाई स्थानीय तहमा पठाउन सजिलो होस् भन्नका लागि पनि पारिश्रमिक पठाउन थालेका हौँ ।”

यसअघि केन्द्रका कर्मचारी सरुवा भए पनि पहिल्यैको कार्यालयबाट पारिश्रमिक बुझ्ने भएकाले स्थानीय तहमा नजाने गरेको पाइएको उनले बताए।

मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा अपुग भएका कर्मचारीलाई केन्द्रबाट पठाउँदै आएको छ । स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस
माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति

बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले