सरकारी कर्मचारीको तलब अब स्थानीय तहबाटै



हाम्रो इकोनोमि

सरकारले आर्थिक वर्ष २०७५र७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक पठाउने भएको छ ।

स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

“सरुवा गरिएका कर्मचारीले सम्बन्धित स्थानीय तहमा नजाने भएकाले पारिश्रमिक यो आर्थिक वर्षदेखि कर्मचारी जहाँ सरुवा भएका छन् त्यहीँ नै पठाउने गरेका छौँ”, उनले भने, “पारिश्रमिक पठाउँदा अनिवार्य कर्मचारी जाने भएकाले कर्मचारीलाई स्थानीय तहमा पठाउन सजिलो होस् भन्नका लागि पनि पारिश्रमिक पठाउन थालेका हौँ ।”

यसअघि केन्द्रका कर्मचारी सरुवा भए पनि पहिल्यैको कार्यालयबाट पारिश्रमिक बुझ्ने भएकाले स्थानीय तहमा नजाने गरेको पाइएको उनले बताए।

मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा अपुग भएका कर्मचारीलाई केन्द्रबाट पठाउँदै आएको छ । स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...