डोल्पामा आफैँले चलाएको गोली लागेर सैनिक घाइते



हाम्रो इकोनोमि

डोल्पामा एकजना नेपाली सेनाका जवान आफैंले चलाएको गोली लागेर शख्त घाइते भएका छन् ।

बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैंले गोली चलाई घाइते भएका थिए ।

आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए ।

डा अनुपले एक्सिडेण्टल बुलेट केस ९बन्दूकबाट भएको दूर्घटना० भएकाले बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने भएपछि काठमाडौं लैजान सल्लाह दिएको बताए । उनले भने, ‘अवस्था गम्भीर छ, तर काठमाडौंमा उपचार हुन्छ, बिरामीको होस् गुमेको भने छैन ।’

ड्यूटीमा रहेका जवानले एकैपटक गोली चलाएर हतियार पड्केको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार तत्काल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारका लागि प्रदेश केन्द्रबाट हेलिकोप्टरको व्यवस्था गरी सुर्खेत हुँदै काठमाडौं लगिएको छ ।

घटना कसरी घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेकाले घटनाका बारेमा तथ्य कुरा भन्न नसकिने ईश्वरीबक्स गुल्मका गुल्मपति जेनिथ जवेगुले जानकारी दिए ।

ड्यूटीमा रहेका २२ वर्षीय ध्रुवको स्थायी घर कैलालीको धनगढीमा भएको नेपाली सेनाले जानकारी दिएको छ । घाइते जवानको अवस्था गम्भीर भए पनि होस्मा नै रहेकाले उपचार राम्रैसँग हुने चिकित्सकले जानकारी दिए । घाइते सैनिक जवान ध्रुव लेखेर नै आफ्ना भनाइ राख्छन् ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...