अमेरिकी राजदूतले भनिन नेपाल धेरैसुन्दर छ, अब समृद्ध बनेको हेर्न पाऊ



हाम्रो इकोनोमि

आफ्ना कार्यकाल सकिनै लाग्दा अमेरिकी राजदूत एलाइना बी(टेप्लिजले शुक्रबार नेकपाका अध्यक्ष प्रचण्डसँग विदाइ भेट गरेकी छन् ।

प्रचण्ड निवास खुमलटारमा पुगेकी राजदूत एलाइनाले नेपाल सुन्दर रहेको भन्दै राजनीति स्थिरता कायम भएकोले अब आर्थिक रुपमा समेत समृद्ध बन्ने आधार भएको बताइन् ।

साथै उनले नेपालको शान्ति प्रक्रिया लगायतका ठूलाठूला चूनौतीहरुमा नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रचण्डको प्रशंसा गरेकी थिइन् ।

भेटमा अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजसँग नेपालमा शान्ति प्रक्रिया पूरा हुनुका साथै स्थायी सरकार गठन भइसकेको भन्दै अमेरिकी सरकारको सहयोग र सद्भावको आवश्यक हुने बताए ।

साथै प्रचण्डले राजदूत टेप्लिजले सकारात्मक भूमिका खेलेको भन्दै धन्यवाद दिएका थिए । ‘तपाईंको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईंले खेलेको भूमिका सकारात्मक रह्यो ।’ प्रचण्डले भने ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...