नोवेल अस्पतालमा बिरामीका आफन्तले लाठिसहित प्रतिकार गरेपछि बन्दकर्ता डाक्टरको यसरी चल्यो भागाभाग



विराटनगरको नोवेल अस्पतालमा अस्पताल बन्द आवहन गर्ने नेपाल चिकित्सक संघका प्रतिनिधिलाई खबरदारी गर्न बिरामीका आफन्तहरुले लाठिसहित प्रदर्शन गरेका छन् । बिहिबार नोबेल अस्पतालको मुलगेट, ओपीडी लगायत क्षेत्रमा उनीहरुले खबरदारीसहित प्रदर्शन गरेका हुन् ।

नेपाल चिकित्सक संघको आह्वानमा उपचार बन्द गरी प्रदर्शन गर्न डाक्टर उभिएपछि बिरामीका आफन्त पनि लाठीसहित खवरारी गर्दै प्रतिकारमा उत्रिएका हुन । उनीहरुले उपचारमा तलमाथि भए कसैलाई नछाडने भनेपछि बन्द्य गराउँदै हिडेको केही डाक्टरहरुको भागाभाग भएको थियो ।

बिरामीको सुरक्षार्थ पहरेदारीका लागि भन्दै उनीहरु लाठिसहित प्रदर्शनमा उत्रिनु परेको बताएका छन् । सर्वसाधरण बिरुद्धमा उत्रिएपछि नेपाल चिकित्सक संघले आवहन गरेको बन्दको बिराटनगरमा आंशिक मात्रै प्रभाव देखिएको छ ।

नोबेल शिक्षण अस्पताल, विराट नर्सिङ होम लगायत स्वास्थ्य सस्थामा सम्पूर्ण स्वास्थ्य सेवा सूचारु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जनता नै प्रतिकारमा उभिएपछि कुनै अमुक दलको गोटी बनेर आफ्नो पेशामा कालो पोत्न नसकिने भन्दै डाक्टरहरुले उपचार जारी राखेका हुन ।

 

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण