नोवेल अस्पतालमा बिरामीका आफन्तले लाठिसहित प्रतिकार गरेपछि बन्दकर्ता डाक्टरको यसरी चल्यो भागाभाग



हाम्रो इकोनोमि

विराटनगरको नोवेल अस्पतालमा अस्पताल बन्द आवहन गर्ने नेपाल चिकित्सक संघका प्रतिनिधिलाई खबरदारी गर्न बिरामीका आफन्तहरुले लाठिसहित प्रदर्शन गरेका छन् । बिहिबार नोबेल अस्पतालको मुलगेट, ओपीडी लगायत क्षेत्रमा उनीहरुले खबरदारीसहित प्रदर्शन गरेका हुन् ।

नेपाल चिकित्सक संघको आह्वानमा उपचार बन्द गरी प्रदर्शन गर्न डाक्टर उभिएपछि बिरामीका आफन्त पनि लाठीसहित खवरारी गर्दै प्रतिकारमा उत्रिएका हुन । उनीहरुले उपचारमा तलमाथि भए कसैलाई नछाडने भनेपछि बन्द्य गराउँदै हिडेको केही डाक्टरहरुको भागाभाग भएको थियो ।

बिरामीको सुरक्षार्थ पहरेदारीका लागि भन्दै उनीहरु लाठिसहित प्रदर्शनमा उत्रिनु परेको बताएका छन् । सर्वसाधरण बिरुद्धमा उत्रिएपछि नेपाल चिकित्सक संघले आवहन गरेको बन्दको बिराटनगरमा आंशिक मात्रै प्रभाव देखिएको छ ।

नोबेल शिक्षण अस्पताल, विराट नर्सिङ होम लगायत स्वास्थ्य सस्थामा सम्पूर्ण स्वास्थ्य सेवा सूचारु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जनता नै प्रतिकारमा उभिएपछि कुनै अमुक दलको गोटी बनेर आफ्नो पेशामा कालो पोत्न नसकिने भन्दै डाक्टरहरुले उपचार जारी राखेका हुन ।

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...