तुइन बिस्थापनका लागि गायिका आनीको १ करोड रुपैयाँ



हाम्रो इकोनोमि

गायिका आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् ।

बुधबार नेपालका विभिन्न टीभीबाट एकसाथ प्रसारित कार्यक्रम जनतासँग प्रधानमन्त्रीमा गायिका आनीले ब्यक्तिगत रुपमा सो रकम प्रदान गरेकी हुन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले तुइन बिस्थापन अभियान चलाएका थिए । पदबहाली गर्दा प्रधानमन्त्रीले हस्ताक्षर गरेको पहिलो फाइलमा दुई वर्षभित्र तुइन बिस्थापन गर्ने भनिएको थियो । तर तीन वर्ष बितिसक्दा पनि झण्डै आधा तुइन हटाउन बाँकी छ ।

आफू प्रधानमन्त्रीबाट हटेपछि सरकारले तुइन बिस्थापनका लागि बजेट नै काटिदिएका कारण दुई वर्षमा बिस्थापन गर्ने आफ्नो लक्ष्य पूरा हुन नसकेको कार्यक्रममा बताए ।

गायिका आनीले पहाडी वस्तीहरुमा तुइनबाट कष्ठकर यात्रा गरेको देखेपछि आफूले तुइन बिस्थापनका लागि रकम जम्मा गर्न थालेको बताइन् । कार्यक्रममा प्रधानमन्त्रीले तुइन हटाएरै छाडिने भन्दै आफ्नो एक महिनाको तलब पनि सोही कोषमा प्रदान गर्ने घोषणा गरे ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...