तुइन बिस्थापनका लागि गायिका आनीको १ करोड रुपैयाँ



हाम्रो इकोनोमि

गायिका आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् ।

बुधबार नेपालका विभिन्न टीभीबाट एकसाथ प्रसारित कार्यक्रम जनतासँग प्रधानमन्त्रीमा गायिका आनीले ब्यक्तिगत रुपमा सो रकम प्रदान गरेकी हुन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले तुइन बिस्थापन अभियान चलाएका थिए । पदबहाली गर्दा प्रधानमन्त्रीले हस्ताक्षर गरेको पहिलो फाइलमा दुई वर्षभित्र तुइन बिस्थापन गर्ने भनिएको थियो । तर तीन वर्ष बितिसक्दा पनि झण्डै आधा तुइन हटाउन बाँकी छ ।

आफू प्रधानमन्त्रीबाट हटेपछि सरकारले तुइन बिस्थापनका लागि बजेट नै काटिदिएका कारण दुई वर्षमा बिस्थापन गर्ने आफ्नो लक्ष्य पूरा हुन नसकेको कार्यक्रममा बताए ।

गायिका आनीले पहाडी वस्तीहरुमा तुइनबाट कष्ठकर यात्रा गरेको देखेपछि आफूले तुइन बिस्थापनका लागि रकम जम्मा गर्न थालेको बताइन् । कार्यक्रममा प्रधानमन्त्रीले तुइन हटाएरै छाडिने भन्दै आफ्नो एक महिनाको तलब पनि सोही कोषमा प्रदान गर्ने घोषणा गरे ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...