सञ्चारमन्त्री बाँस्कोटा र जापानी राजदूत मासामिची साइगोबिच भेटबार्ता



हाम्रो इकोनोमि

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज सिंहदरबारमा भेट वार्ता भएको छ ।

सो अवसरमा मन्त्री बाँस्कोटाले दुई देशको आपसी र सुमधुर सम्बन्ध सन्तोषजनक रहेको बताउँदै संघीय नेपालको केन्द्र, प्रदेश र स्थानीय तहमा सूचना र सञ्चार प्रविधिको व्यवस्थापनका लागि सहयोग गर्न जापान सरकारलाई आग्रह गर्नुभयो । उहाँले रेडियो नेपालको केन्द्रीय स्टुडियो बने जस्तै अन्य सञ्चार कार्यालयमा भूकम्प प्रतिरोधी भवन बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

राजदूत साइगोले दुई देशबीच दौत्य सम्बन्ध कायम भएको सन् २०१६ मै ६० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग र थप सम्बन्ध विस्तारका लागि जापान तयार रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...