सञ्चारमन्त्री बाँस्कोटा र जापानी राजदूत मासामिची साइगोबिच भेटबार्ता



हाम्रो इकोनोमि

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज सिंहदरबारमा भेट वार्ता भएको छ ।

सो अवसरमा मन्त्री बाँस्कोटाले दुई देशको आपसी र सुमधुर सम्बन्ध सन्तोषजनक रहेको बताउँदै संघीय नेपालको केन्द्र, प्रदेश र स्थानीय तहमा सूचना र सञ्चार प्रविधिको व्यवस्थापनका लागि सहयोग गर्न जापान सरकारलाई आग्रह गर्नुभयो । उहाँले रेडियो नेपालको केन्द्रीय स्टुडियो बने जस्तै अन्य सञ्चार कार्यालयमा भूकम्प प्रतिरोधी भवन बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

राजदूत साइगोले दुई देशबीच दौत्य सम्बन्ध कायम भएको सन् २०१६ मै ६० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग र थप सम्बन्ध विस्तारका लागि जापान तयार रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...