सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा बिरामी र कुरुवाहरुले यसरी गरे प्रदर्शन



हाम्रो इकोनोमि

सेवाग्राहीहरूले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका छन।

बिहीबार बिहानै अस्पताल पुगेका उनीहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरूले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन। बिरामी र बिरामी कुरुवाहरूले बिरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरूले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन।

वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दबाव दिँदै नेपाल चिकित्सक संघको आह्वानमा आजबाट देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि बिरामी र बिरामीका कूरुवाहरूले सास्ती व्यहोर्नु परेको छ। बिरामी कुरुवाहरूले आफ्नो बिरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरूले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन।

गोविन्द केसीको माग जायज भएपनि पूर्व मेचीदेखि महाकालीसम्मका उपचारका लागि आएका बिरामीहरूलाई उपचार गर्न छोडेर डाक्टरहरूले महाअपराध गरेको सेवाग्राहीहरूको भनाई छ। उनीहरूले बिरामीहरूको उपचारमा चिकित्सकहरू नर्फकिए उनीहरूविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्। नुवाकोटका दिनेश रानामगरले अस्पताल बन्द गरेर चिकित्सकहरूले आफूहरूलाई मारमा पारेको भन्दै आक्रोश व्यक्त गरेका छन। बिरामी लिएर अस्पताल आएका उनले आज ओपीडी सेवा बन्द भएको आफूलाई जानकारी नभएको पनि बताएका छन।

खुट्टामा घाउ लिएर अस्पताल पुगेका काभ्रेका कुलबहादुर रसायलीले डा। केसीको माग सही भएपनि बिरामीको उपचार छाडेर आन्दोलनमा जाने काम जायज नभएको बताएका छन्। उनले घाउ लिएर आज ओपीडीमा उपचारका लागि आएपनि अस्पतालको सेवा बन्द भएकोमा आपत्ति जनाए। सेवाग्राहीहरूले अस्पताल बन्द गरेर चिकित्सकहरूले बिरामीमाथि खेलबाड गर्न नहुनेतर्फ पनि सचेत गराएका छन। उनीहरूले डा।

केसीको माग सम्बोधन गराउन आफूहरू पनि आन्दोलनमा जाने तर अस्पतालको सेवा तत्काल खुलाउनुपर्ने माग पनि चिकित्सकहरूसँग राखेका छन। वरिष्ठ चिकित्सक केसीले जुम्ला पुगेर आमरण अनसन बसेपछि चिकित्सकहरूले उनको माग सम्बोधन गराउन अस्पतालका आकस्मिकबाहेक सबै सेवा बिहीबारबाट बन्द गरेका हुन।

चिकित्सकहरूले अस्पतालको ओपीडीलगायतका अतिआवश्यक सेवा बन्द गरेपछि बिरामी र उनका आफन्तले जीवन रक्षाको लागि उचित वातावरण बनाउन सरकारको पनि गम्भीर ध्यानाकर्षण गराएका छन।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...