सूचना टाँसेर संसद साउन ११ गतेसम्मका लागि स्थगित



हाम्रो इकोनोमि

बिहीबारको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको छ। सभामुख कृष्णबहादुर महराले संसद आज १ बजेका लागि डाकिएको बैठक विशेष कारणवश भन्दै साउन ११ गतेसम्मका लागि स्थगित गरेका हुन्।

नेपाली कांग्रेसले संसद अवरोध गर्ने आफ्नो निर्णयबाट पछाडि नहट्ने जनाएपछि महराले सूचनामार्फत् बैठक स्थगित गरेका हुन्।

कांग्रेसले चिकित्सा शिक्षा अध्यादेशको प्रावधान विधेयकमा परिवर्तन गरेको विरोधमा संसद अवरोध गर्दै आएको छ।

असार ३२ गतेका दुई बैठक पनि कांग्रेसले अवरोध गरेको थियो।

राष्ट्रिय सभा बैठकसमेत यसअघि नै ८ गते सम्मका लागि स्थगित भैसकेको छ।

सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोधमा डाक्टर गोविन्द केसी २० दिन देखि जुम्लामा अनसनमा छन्। केसीको स्वास्थ्य जटिल बनेको भन्दै कांग्रेसले उनको माग पूरा गराउन संसद अवरोध गरेको हो।

सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाउने जनाए पनि कांग्रेसले अडान यथावत् राखेको थियो।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...